रसुवा भोटेकोशी आयोजनाको सुरुङमा थप एक शव फेला

by समतल अनलाइन
24Shares

काठमाडौं । रसुवाको रेङ्गेमा रहेको रसुवा भोटेकोशी जलविद्युत आयोजनाको सुरुङबाट थप एक जनाको शव फेला परेको छ।

नेपाली सेनाले सुरुङभित्र करिब ५० मिटर प्रवेश गरेर खोजी गर्ने क्रममा थप एक जनाको शव फेला पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

यसअघि मंगलबार सेनाले केबल टनेलमा ड्रोन प्रयोग गरी खोजी गर्दा एक जनाको शव फेला पारेको थियो। पछिल्लो शव भेटिएसँगै घटनामा फेला परेका शवको संख्या दुई पुगेको छ।

सुरुङभित्र अझै खोजी कार्य जारी रहेको सेनाले जनाएको छ। उद्धार टोलीले प्रविधिको प्रयोगसँगै सुरुङको भित्री भागमा प्रवेश गरेर सम्भावित रूपमा अन्य व्यक्ति तथा क्षतिको अवस्थाबारे खोजी गरिरहेको छ।

You may also like