बुटवलको कालिका मानवज्ञान माविद्वारा बाढी प्रभावितका लागि साढे १८ लाख सहयोग

by समतल अनलाइन
51Shares

बुटवल । बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँ सहयोग गरेको छ।

विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागितामा संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीका अनुसार विद्यार्थीहरूको अभियानबाट ९६ हजार ४ सय रुपैयाँ र क्यूआर अभियानबाट १ हजार १ रुपैयाँ संकलन भएको थियो। विद्यालय परिवारको संयुक्त प्रयासबाट संकलित कुल १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उनले जानकारी दिए।

बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयले उक्त रकम संकलन गरी कोषमा हस्तान्तरण गरेको जनाएको छ।

You may also like