रुपन्देही उद्योग संघमा इन्जिनियरिङ्ग तथा ग्रिल वस्तुगत समिति गठन संयोजकमा राज कुमार श्रेष्ठ

by समतल अनलाइन
51Shares

बुटवल।रुपन्देही उद्योग संघमा आवद्ध इन्जिनियरिङ्ग तथा ग्रिल उद्योगीहरुको भेलाले मंगलबार इन्जिनियरिङ्ग तथा ग्रिल वस्तुगत समिति गठन गरेको छ ।

संघका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरि बहादुर खत्रीको अध्यक्षता एवं संघका पदाधिकारी तथा कार्य समिति सदस्यहरुको उपस्थितीमा भेला सम्पन्न भएको होे । इन्जिनियरिङ्ग तथा ग्रिल उद्योगीहरुको भेलाबाट ईश्वरराज मेटल इण्डष्ट्रिजका संचालक राज कुमार श्रेष्ठको संयोजकत्वमा ७. सदस्यीय इन्जिनियरिङ्ग वस्तुगत समिति गठन गरिएको छ ।

गठित समितिको सहसंयोजकमा श्री शिवशक्ति ग्रिल उद्योगका महेन्द्र सुवेदी, सचिवमा न्यू पुनम ग्रिल उद्योगका धुब्रमणि ज्ञवाली, सदस्यहरुमा सुवेदी ग्रिल उद्योगका रमेश सुवेदी, स्वर्गद्धारी ग्रिल उद्योगका कमल रोक्का क्षेत्री, श्रृजना ग्रिल उद्योगका अमृत सुवेदी र भगवती मेटलका नारायण नेपाल रहनु भएको छ । भेलाले समितिको सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष हरि बहादुर खत्री, सचिवालय सदस्य शारदा भट्टराई, कार्य समिति सदस्य मेघ बहादुर घिमिरे (मिलन), कृष्ण प्रसाद पोखरेल, काशिनाथ खनाल (विनय),पूर्व महिला सचिव माया खनाल,पूर्व कार्यसमिति सदस्य प्रेम बहादुर आले, ग्रिल तथा स्टिल व्यवसायी संघकी अध्यक्ष मिना थापा तुलाधर , रुपन्देही मेटल फेब्रिकेशन एशोसिएसनका अध्यक्ष सन्त बहादुर कुवँरलाई चयन गरेको छ ।

संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले भेलामा सम्बोधन गर्नुहुदै इन्जिनियरिङ्ग तथा ग्रिल उद्योग क्षेत्रमा समस्या संघ सम्म ल्याइपु¥याउन र नियमितत रुपमा सम्पर्कमा रही बैठक तथा भेलाहरु आयोजना गर्दै बस्तुगत समितिलाई सक्रिय बनाउन आग्रह गर्नुभयो र नवनिर्वाचित वस्तुगत समितिलाई बधाई तथा शुभकामना प्रदान गर्नुभयो । भेलामा नवनिर्वाचित संयोजक राज कुमार श्रेष्ठले प्रतिबद्धता मन्तव्य राख्नुभएको थियोे ।

कार्यक्रम संयोजक तथा प्रथम उपाध्यक्ष हरी बहादुर खत्रीले स्वागत गर्नुहुदै वस्तुगत समिति गठनको उद्देश्य प्रकाश पार्नु भएको थियो । संघका महासचिव सुमन बस्यालको संचालनमा सम्पन्न भेलामा संघका सल्लाहकार हिरामणी भट्टराई, कोषध्यक्ष बिशाल बेलवासे सचिवालय सदस्य शारदा भट्टराइ, कार्यसमिति सदस्य ई.किरण खरेल, अखिलेश कसौधन, अनिष कसौधन, लाल प्रसाद बस्याल दिपक),मेघ बहादुर घिमिरे(मिलन),काशिनाथ खनाल (विनय),कृष्ण प्रसाद पोखरेल,सतिष सापकोटा एवं विभिन्न इन्जिनियरिङ्ग तथा ग्रिल उद्योगीहरुको उपस्थिति रहेको थियो । भेलामा संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

You may also like

This will close in 0 seconds