पोर्चुगल । मञ्जुश्री सम्बत् २८६१ तथा सोनाम ल्होछार (डुल) पुख्री ल्होको अवसरमा तामाङ समाज पोर्चुगलले विशेष पुजापाठ गरेको छ ।
पोर्चुगलको अल्कसरस्थित थुप्तेन गेफेल लिङ गुम्बा र स्तुपा टासीमा पोर्चुगिज तथा नेपाली खेम्पो लामाबाट विशेष (ग्याप्से) पुजापाठ गरिएको हो । पूरानो वर्ष (डुक ल्हो) को बिदाइ र नयाँ वर्ष (डुल ल्हो) को स्वागत स्वरुप सम्पूर्ण प्राणी जगतको कल्याण र दिर्घायुको कामनासहित लामागुरुहरुबाट पुजापाठ गरिएको समाजका अध्यक्ष गोपाल योञ्जनले जानकारी दिए ।

यस्तै समाजले सोनाम ल्होछारको अवसरमा यही फेब्रुअरी २ तारिखका दिन राजधानी लिस्बनमा शुभकामना आदानप्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । समाजले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि विशेष कार्यक्रमका साथ सोनाम ल्होछार मनाउन लागेको योञ्जनले बताए । उक्त कार्यक्रममा चर्चित गायक मिलन लामासहित अन्य राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने बताइएको छ ।
कार्यक्रममा सहभागी हुन पोर्चुगलबासी नेपाली समुदायलाई समाजले विशेष आग्रह समेत गरेको छ ।