कक्षा १२ को नतिजा अंकमा : धेरै विद्यार्थीले ल्याए २.०१–२.४० जीपीए

by समतल अनलाइन
Shares

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । गत वैशाखमा भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड सोमबार सार्वजनिक गरेको हो। बोर्डले नियमित, ग्रेड वृद्धि, आंशिकतर्फको सबै विषय र संकायतर्फको नतिजा सार्वजनिक गरेको छ। जसमा सबैभन्दा धेरै परीक्षार्थीले २.०१ देखि २.४० जीपीए प्राप्त गरेका छन्। २.०१ देखि २.४० जीपीए प्राप्त गर्ने परीक्षार्थी ८६ हजार २२७ जना रहेका छन्।

त्यस्तै ३.६१ देखि ४ जीपीए सबैभन्दा कम परीक्षार्थीले प्राप्त गरेका छन्। ३ हजार ६७ जनाले यो जीपीए प्राप्त गरेका छन्।
१६ हजार २०४ जनाले ३.२१ देखि ३.६० जीपीए, ३१ हजार ६२ जनाले २.८१ देखि ३.२०, ५६ हजार ५०३ जनाले २.४१ देखि २.८० जीपीए प्राप्त गरेका छन्।

त्यस्तै ६२ हजार ६१९ जनाले १.६१ देखि २ जीपीए, १९ हजार ५८५ जनाले १.२१ देखि १.६० जीपीए, ३ हजार ५२४ जनाले ०.८१ देखि १.२० जीपीए र १३ हजार ३६२ जनाले ० देखि ०.८० जीपीए प्राप्त गरेका छन्। बोर्डका अनुसार कक्षा १२ को परीक्षामा नियमिततर्फ २,९२,१५३, ग्रेडवृद्धितर्फ ७८,७४४ र आंशिक तर्फ ५७,१७० विद्यार्थी सहभागी थिए।

You may also like

This will close in 0 seconds