खाजा खर्च जोगाएर बाढीपीडितलाई सहयोग, रुपन्देही खड्ग माविका विद्यार्थीले जुटाए ५ हजार ८६५ रुपैयाँ

by समतल अनलाइन
26Shares

बुटवल । देवदह नगरपालिका–१, बिर्ता, रुपन्देहीस्थित श्री खड्ग माध्यमिक विद्यालयका कक्षा ५ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्च जोगाएर बाढी प्रभावित समुदायका लागि राहत रकम संकलन गरेका छन्।

भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थीहरूले स्वतःस्फूर्त रूपमा खाजा खर्चबाट रकम बचत गर्दै राहत संकलन अभियान सञ्चालन गरेका हुन्।

विद्यार्थीहरूले मिलेर ५ हजार ८६५ रुपैयाँ संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन्।

विपद्को समयमा पीडित समुदायलाई सहयोग गर्ने विद्यार्थीहरूको यो प्रयासले सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सहयोगी भावनाको सकारात्मक सन्देश दिएको छ।

You may also like