न्यु लाइट कलेजमा तिज गीत तथा स्वागत कार्यक्रम सम्पन्न

by समतल अनलाइन
211Shares

महिला शिक्षिकाहरुलाई सम्मान
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेको न्यु लाइट कलेजमा शुक्रबार तिज गीत नृत्य प्रतियोगीता तथा स्वागत कार्यक्रम सम्पन्न भइको छ ।

हिन्दु नारिहरुको महान चार्ड हरितालिका तिजको अवसरमा आयोजित तिज गीत नृत्य प्रतियोगितामा अशु कँवर प्रथम भईन भने करिष्मा गैरे र बिन्दु सापकोटा द्धितीय, मुना रानाको समुह तृतीय र सबिता गौतम र एलिसा पौडेल सान्त्वना भएको कलेजले जनाएको छ ।

कार्यक्रममा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत समेत गरिएको थियो । कक्षा १२ का विद्यार्थीहरुले स्वागतको व्यावस्थापन गरेका थिए ।

त्यस्तै कार्यक्रममा कलेजमा प्राध्यापन गर्ने सम्पुर्ण महिला शिक्षिकाहरुलाई सम्मान समेत गरिएको थियो । साथै राष्ट्रिय नाचघरले आयोजना गरेको राष्ट्रिय लोक नृत्य प्रतियोगीतामा नेपाल द्धितीय हुन सफल कक्षा १२ मा अद्यायनरत छात्रा अशु कँवर पनि सम्मान गरिएको कलेजले जनाएको छ ।

कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख खेमराज खनालको अध्यक्षता, कलेज व्यावस्थापन समितिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख रमेश ज्ञवाली, व्यावस्थापन समिति सदस्यहरु, कलेजका प्राध्यापकहरु साथै बिद्यार्थीहरुको बिशेष उपस्थिती रहेको थियो ।

कलेजका शैक्षिक संयोजक राजेन्द्र कुँवरकोे संचालन र दिनेश खड्का, टंक प्रसाद पोखरेल र शान्ति पोखरेल निर्णायक रहेको कार्यक्रममा विद्यार्थीहरुको तर्फवाट कक्षा १२ की रविना पोखरेलले स्वागत र कक्षा ११ की मन्दिका पाठक धन्यवाद ज्ञापन गरेकी थिइन ।

यसैबिच न्यु लाइट स्कुलले पनि आजै तिज गित तथा दर खाने कार्यक्रम सम्पन्न गरेको विद्यालयका मावि संयोजक गोकुल पाण्डेले जानकारी दिए ।

Comments

You may also like

This will close in 0 seconds