औषधि व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा पुरुषोत्तम भट्टराई

by समतल अनलाइन
23Shares

बुटवल। नेपाल औषधि व्यवसायी संघ रुपन्देहीको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट पुरुषोत्तम भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नारायणबहादुर थापा, उपाध्यक्ष (थोक) मा कृष्णप्रसाद शर्मा पोखरेल र उपाध्यक्ष (खुद्रा) मा माधवप्रसाद खनाल निर्वाचित भएका छन्।

त्यस्तै, महासचिवमा केदारनाथ नेपाल, कोषाध्यक्षमा कपिल ज्ञवाली, सचिवमा उमेशचन्द्र आचार्य तथा उपकोषाध्यक्षमा एकादेव बस्याल निर्वाचित भएका छन्।

संघको सदस्यहरूमा गुज्जन ढकाल, दीपक अधिकारी, मुकेश श्रेष्ठ, मोतिलाल खनाल, लेखनाथ न्यौपाने (गणेश), सजना श्रेष्ठ र सुभेच्छा गौतम निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता कृष्ण घिमिरे गाउँलेले जानकारी दिए।

नवनिर्वाचित कार्यसमितिले औषधि व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायलाई व्यवस्थित तथा मर्यादित बनाउने र व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी अघि बढ्ने अपेक्षा गरिएको छ।

You may also like