नवलपरासीमा श्रीमान्को खुर्पा प्रहारबाट श्रीमतीको मृत्यु

by समतल अनलाइन
137Shares

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनय त्रिवेणी गाउँपालिकामा श्रीमान्ले खुर्पा प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।

विनय त्रिवेणी गाउँपालिका–३ चिसापानीका करिब ४३ वर्षीय शेरबहादुर विकले आफ्नी करिब ४० वर्षीया श्रीमती उनिमाया विकको घाँटीमा खुर्पा प्रहार गरेको प्रहरीले जनाएको छ।

खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी उनिमायाको घटनास्थलमै मृत्यु भएको हो।

घटनाको जानकारी पाएपछि अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले शेरबहादुरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

You may also like