हरि खड्काद्वारा महिला फुटबल प्रशिक्षकबाट राजीनामा

by समतल अनलाइन

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा सोमबार भारतसँग २–० ले पराजित भएलगत्तै हरि खड्काले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकबाट राजिनामा दिने घोषणा गरेका छन ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका खड्काले हारको सबै जिम्मेवारी आफुले लिदै राजीनामा दिएको निर्णय गरेको बताएका छन् । उनको नेतृत्वमा नेपाली टोलीले ४ वटा फाइनल खेल्दा चारै पटक उप विजेता बनेको थियो ।

खड्काको प्रशिक्षणमा महिला टोलीले ओलम्पिक छनोटको पहिलो चरण पार गरेको थियो । मुख्य प्रशिक्षकबाट राजिनामा दिएपछि महिला फुटबलको प्रमुखका रुपमा भने आफुले काम गर्ने खड्काले बताए । उनलाई एन्फाले गत वर्ष महिला फुटबलको प्रमुख नियुक्त गरेको थियो ।

 
 
  
 

You may also like