राम लिम्बु बने ‘द भ्याइस अफ नेपाल २’ का विजेता

by समतल अनलाइन

काठमाडौं । द भ्याइस अफ नेपाल सिजन २ मा राम लिम्बु विजयी भएका छन् । राजधानीको ह्यात ग्राउण्डमा शनिवार भएको भव्य ग्राण्ड फिनालेमा राम दर्शकको भोटका आधारमा विजयी भएका हुन् ।

साउन ३१ देखि शुरु भएको यो रियालिटी शो टेलिभिजनमा रुचाइएको रियालिटी शो पनि हो । ब्लाइन्ड राउण्ड, ब्याटल, नकआउट हुँदै लाइभ राउण्डसम्म आउँदा १२ प्रतिस्पर्धी छनोटमा परेका थिए ।

तीमध्ये ग्राण्ड फिनाले राउण्डमा ४ प्रतियोगी छनोट भएका थिए । कोच दिपबाट विकास लिम्बु, कोच राजुबाट सनिस श्रेष्ठ, त्यस्तै कोच आस्थाबाट आरिफ राउफ र कोच प्रमोदबाट राम लिम्बु फाइनलमा छनोट भएका थिए ।

शनिवार भएको ‘द भ्वाइस नेपाल २’ ग्राण्ड फिनालेमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । यो रियालिटी शो पछिल्लो समय नेपालमा रुचाइएको रियालिटी शोमध्ये एक हो ।

योसँगै उनले नगद रु. १० लाख र गाडी जितेका छन् । साथै उनले एक म्युजिक एल्बममा गीत गाउने अफर समेत पाएका छन् ।

 
 
  
 

You may also like