४३ स्वर्णसहित नेपाल दोस्रो स्थानमै (स्वर्ण विजेताको सूची)

by समतल अनलाइन

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपाल ४३ स्वर्णसहित दोस्रो स्थानमा कायमै छ । नेपालले शनिबार दुईवटा ऐतिहासिक स्वर्ण जित्न सफल भयो ।

४२.२ किलोमिटर दूरी हुने म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक दिलाए । म्याराथनमा नेपालले ३२ वर्षपछि स्वर्ण जितेको हो ।

कुस्तीमा नेपालले अर्को स्वर्ण थप्यो । संगिता धामीले ५५ केजी तौल समूहमा स्वर्ण जितिन् । नेपालले कुस्तीमा दक्षिण एशियाली खेलुकदमा पहिलोपटक स्वर्ण जितेको हो । कुस्तीमा नेपालले रजत पनि जित्यो ।

महिला म्याराथनमा नेपालले रजत पदक जित्यो । पौडीको एक सय मिटर ब्याकस्ट्रकमा गौरिका सिंहले रजत जितिन् । दुई स्वर्ण जितिसकेकी उनी भारतका खेलाडीसँग पराजित भएर तेस्रो स्वर्णबाट चुकिन् ।

शनिबार थप पदक जितेपछि नेपालको स्वर्ण संख्या ४३, रजत ३० र काँस्य ५८ सहित १३१ कुल पदक पुगेको छ । भारत ९७ स्वर्ण, ६८ रजत र ३४ काँस्य जितेर प्रथम स्थानमा रहेको छ । श्रीलंका २९ स्वर्ण, ५० रजत र ७८ काँस्यसहित १५७ पदकका साथ तेस्रो स्थानमा छ । पाकिस्तानले २० स्वर्ण, २७ रजत र ३४ काँस्यसहित ८१ पदक जितेको छ ।

तेक्वान्दो
गोविन्द आले (पुम्से ५८ केजी)
कमल श्रेष्ठ (पुरुष एकल)
आयशा शाक्य (२९ वर्षमाथिको पुम्से)
आयशा शाक्य र सञ्जीवकुमार ओझा (२९ वर्षमाथिको मिक्स पुप्से)
पार्वती गुरुङले (२३ देखि २९ वर्ष पुम्से)
सीना मादेन लिम्बु (१७ देखि २३ वर्ष पुम्से)
नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई (२३ वर्षमाथिको स्पर्धा)
वीरबहादुर महरा (पुरुष ६८ केजी मुनी)
काजल श्रेष्ठ (४६ केजी महिला)
संगिता बस्याल (६२ केजी महिला)
सक्षम कार्की (८७ केजी पुरुष)
भुपेन श्रेष्ठले (पुरुष ८७ केजी)

कराँते
मन्डेकाजी श्रेष्ठ (पुरुष काता)
लक्ष्मण तामाङ (५४ केजी)
निर्मला तामाङ, संगिता मगर र सरु काकी (महिला टिम काता)
मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जन (पुरुष टिम काता)
विप्लव लाल श्रेष्ठले स्वर्ण (८४ केजी तौल माथि)
कुसुम खड्का (४५ केजी कुमुते)
अनु अधिकारी (५० केजी कुमुते)
नविन रसाइली (६७ केजी पुरुष कुमिते)
सुनिता महर्जन (६७ केजी महिला कुमिते)
उसु
विजय सिञ्जाली (थाउलो)
सुस्मिता तामाङ (थाउलो)
दिपक हमाल (थाउलो नानगुन)
विजय सिंजाली र सुष्मिता तामाङ (थाउलो)
जुनी राई (महिला ५६ केजी )
निमा घर्ती मगर (नन्डाओ अल राउन्ड)

साइकलिङ
निष्मा श्रेष्ठ (महिला डाउनहिल)
राजेश मगर (पुरुष डाउनहिल)
बुद्धिबहादुर तामाङ (पुरुष क्रस कन्ट्रि)
लक्ष्मी मगर (महिला क्रस कन्ट्रि)

पौडी
गौरिका केसी (महिला २०० मिटर फ्रिस्टाइल)

गौरिका सिंह (महिला २०० मिटर ब्याकस्ट्रोक)

एथलेटिक्स
सन्तोषी श्रेष्ठ (महिला १० हजार मिटर)

गोपी चन्द पार्की (पुरुष ५००० मिटर )

किरण सिंह बोगटी (म्याराथन)

ट्रायथलन
सोनिका गुरुङ (महिला)
दुवाथोलन
हिमाल टमाटा
भारोत्तोलन
सन्जु चौधरी (महिला ५९ केजी)

विकास थापा (८९ केजी समूह)

कुस्ती

संगिता धामी (महिला ५५ केजी)

गल्फ
सुवास तामाङ (व्यक्तिगत इभेन्ट)
सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ (टिम इभेन्ट)

 
 
  
 

You may also like