नेपालले सात स्वर्ण थप्दा बनेका इतिहास (३६ स्वर्ण विजेताको सूची)

by समतल अनलाइन

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पाचौं दिन नेपालले थप सात स्वर्ण जितेको छ । यो सँगै नेपालको ३६ स्वर्ण पुगेको छ ।

नेपालले सागको १३ औं संस्करणमा अहिलेसम्म भएका संस्करणमध्ये बढी स्वर्ण पदक संख्या पुर्याएको छ । बिहिबारको स्वर्ण संख्यासँगै हालसम्म खेलेका १३ वटा सागमा कुल एक सय स्वर्ण संख्या कटाएको छ ।

सागमा पौडीतर्फ पहिलो स्वर्ण जित्दा भारोत्तोलनमा पनि पहिलो स्वर्ण जितेको छ । नेपालले बिहिबारसम्म आइपुग्दा धेरैवटा इतिहास कायम गरेको छ ।

नेपालले २६ रजत, ३४ रजतसहित कुल ९६ पदक जितेको छ । बिहिबार नेपालले सागको अहिलेसम्म भएको १३ औं संस्करणसम्मको खेलमा कुल एक सय स्वर्ण कटाएको छ । स्वर्ण संख्या अहिलेसम्म खेलेको सागको संस्करणमध्ये सबैभन्दा बढी पनि हो ।

भारतले अग्रता फराकिलो बनाएको छ । उसले ५७ स्वर्ण, ४० रजत र २० काँस्यसहित ११७ पदक जितेको छ । श्रीलंकाले १७ स्वर्ण, ३२ रजत र ५१ काँस्य गरी कुल एक सय पदक जितेको छ । पाकिस्तानले १२ स्वर्ण, २१ रजत र २२ काँस्य गरी कुल ५५ पदक जितेको छ ।
सार्कका सबै सात राष्ट्रले पदक जितिसकेका छन् । भुटानले मात्र स्वर्ण पदक जित्न सकेको छैन ।

बिहिबारको खेलमा उसुतर्फ नेपालले दुई स्वर्ण जितेको छ । महिला ५६ केजीमा जुनी राईले स्वर्ण जितिन् भने महिला अल राउन्डमा निमा घर्ती मगरले पनि स्वर्ण जितिन् ।

साइक्लिङतर्फ नेपालले दुई स्वर्ण जितेको छ । पुरुष क्रस कन्ट्रिमा बुद्धिबहादुर तामाङ र महिलातर्फ लक्ष्मी मगरले स्वर्ण जिते ।

पौडीको महिला २०० मिटर फ्रिस्टाइलमा गौरिका सिंहले ऐतिहासिक स्वर्ण जितिन् । राष्ट्रिय किर्तिमानसहित गौरिकाले स्वर्ण जितेकी हुन् ।

तेक्वान्दोमा भुपेन श्रेष्ठले पुरुष ८७ केजीमा स्वर्ण जिते । प्रतिष्पर्धात्मक खेलमा भारतका अक्षय हुड्डालाई पराजित गर्दै स्वर्ण जितेका हुन् ।

भारोत्तोलनमा सन्जु चौधरीले देशलाई ऐतिहासिक स्वर्ण दिलाइन् । उनले महिला ५९ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । सन्जुले स्न्याचमा ७४ र क्लिन एन्ड जर्कमा ९७ सहित कुल १७१ केजी तौल उठाउँदै राष्ट्रिय कीर्तिमानका साथ स्वर्ण जितेकी हुन् ।

तेक्वान्दो
गोविन्द आले (पुम्से ५८ केजी)
कमल श्रेष्ठ (पुरुष एकल)
आयशा शाक्य (२९ वर्षमाथिको पुम्से)
आयशा शाक्य र सञ्जीवकुमार ओझा (२९ वर्षमाथिको मिक्स पुप्से)
पार्वती गुरुङले (२३ देखि २९ वर्ष पुम्से)
सीना मादेन लिम्बु (१७ देखि २३ वर्ष पुम्से)
नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई (२३ वर्षमाथिको स्पर्धा)
वीरबहादुर महरा (पुरुष ६८ केजी मुनी)
काजल श्रेष्ठ (४६ केजी महिला)
संगिता बस्याल (६२ केजी महिला)
सक्षम कार्की (८७ केजी पुरुष)
भुपेन श्रेष्ठले (पुरुष ८७ केजी)

कराँते
मन्डेकाजी श्रेष्ठ (पुरुष काता)
लक्ष्मण तामाङ (५४ केजी)
निर्मला तामाङ, संगिता मगर र सरु काकी (महिला टिम काता)
मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जन (पुरुष टिम काता)
विप्लव लाल श्रेष्ठले स्वर्ण (८४ केजी तौल माथि)
कुसुम खड्का (४५ केजी कुमुते)
अनु अधिकारी (५० केजी कुमुते)
नविन रसाइली (६७ केजी पुरुष कुमिते)
सुनिता महर्जन (६७ केजी महिला कुमिते)
उसु
विजय सिञ्जाली (थाउलो)
सुस्मिता तामाङ (थाउलो)
दिपक हमाल (थाउलो नानगुन)
विजय सिंजाली र सुष्मिता तामाङ (थाउलो)
जुनी राई (महिला ५६ केजी )
निमा घर्ती मगर (नन्डाओ अल राउन्ड)

साइकलिङ
निष्मा श्रेष्ठ (महिला डाउनहिल)
राजेश मगर (पुरुष डाउनहिल)
बुद्धिबहादुर तामाङ (पुरुष क्रस कन्ट्रि)
लक्ष्मी मगर (महिला क्रस कन्ट्रि)

पौडी
गौरिका केसी (महिला २०० मिटर फ्रिस्टाइल)
एथलेटिक्स
सन्तोषी श्रेष्ठ (महिला १० हजार मिटर)
ट्रायथलन
सोनिका गुरुङ (महिला)
दुवाथोलन
हिमाल टमाटा
भारोत्तोलन
सन्जु चौधरी (महिला ५९ केजी)

 
 
  
 

You may also like