शुक्रबारको दिनमा धनकी देबी लक्ष्मी माताको दर्शनले मनोकामना पुरा हुने विश्वासका साथ २०७६ मंसिर २० गते शुक्रबारको राशिफल पढ्नुहोस

by समतल अनलाइन

वि.सं.२०७६ साल मंसिर २० गते । शुक्रबार । ईश्वी सन् २०१९ डिसेम्बर ०६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गशुक्ल पक्ष । तिथि दशमी,५७ घडी १७ पला,रातको ०५ बजेर ३६ मिनेट उप्रान्त एकादशी । नक्षत्र उत्तराभाद्रपदा,४० घडी ३६ पला,बेलुकी १० बजेर ५६ मिनेट उप्रान्त रेवती । योग सिद्धि,२६ घडी ३० पला,बेलुकी ०५ बजेर १८ मिनेट उप्रान्त व्यातिपात । करण तैतिल,बेलुकी ०४ बजेर ३३ मिनेट उप्रान्त गर,रातको ०५ बजेर ३६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा ध्वज योग । चन्द्रराशि मिन । काठमाडौंमा सूर्योदय ०६ बजेर ४१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०२ पला । सर्वार्थसिद्धि योग बेलुकी १० बजेर ५६ मिनेटपछि। कीर्तिपुरमा इन्द्रायणी यात्रा।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

खानपान तथा बाहिरी बाताबरणको ख्याल नगरे स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाई अरुदिन भन्दा खस्केर जानेछ । माया प्रेममा अबिश्वास सिर्जना भई छुट्टिनु पर्दा मन खिन्न हुनेछ । कामको लागि लामो तथा छोटो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्ने तथा बिदेशी सामानको व्यापार व्यावसायमा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समय दिए अनुहार प्रतिफल ढिला प्राप्त हुनेछ । प्राकृतिक स्रोत तथा सरकारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाउबस्यक झन्झटमा फस्ने ग्रहयोग रहेकोछ । अध्ययनमा बाधा पुग्नेछ भने अरुका लागी समय खर्चिनु पर्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुदा दैनिक कामहरु प्रभावित हुन सक्छन् ध्यान दिनुहोला । प्रणय सम्बन्धमा मनमुटाब सिर्जना हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागी समयले साथ लिने हुदा पद प्राप्तीको गतिलो योग रहेकोछ । नया काम पाउने तथा नोकरिमा बढोत्तरीको गतिलो सम्भावना रहेकोछ । स्रोत साधन जुट्नाले व्यापार व्यावसायमा सोचेभन्दा बढिनै आम्दानि हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुँनेछ । परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानमा समय लगानि गर्नेहरुले राम्रो नतिजा हात पार्न सक्ने योग रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिष्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । माया प्रेममा एक अकासँग नजिक हुने समय रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समयको ख्याल नगरि काम गर्दा समस्या निम्तिन सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुँदा काम गर्न असजिलो हुनेछ । दैनिक खर्च बढ्नेछ भने घर परिवारका आवस्यक्ता परिपुर्ति गर्न सकिने अवस्था रहने छैन । व्यापार व्यावसायमा बढिनै समय खर्चिय मात्र नाफा कमाउँन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

अन्य क्षेत्रमा ध्यान जादा पढाई लेखाईमा अरुभन्दा पछि परिन सकिन्छ । लामो दुरिको व्यावसायिक यात्रा हुँने भए पनि उपलब्धि न्यून हुँने तथा खर्च बढ्ने हुँदा मन खिन्न हुनेछ । भौतिक साधन तथा धन सम्पति हात लाग्ने भएपनि सहिरुपमा प्रयोग गर्न नजान्दा दुर्घटना हुँन सक्छ ध्यान दिनुहोला । पारिवारिक माहोलमा दिन बित्ने तथा स्वादिष्ट भोजन खाने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँन सक्छ ख्याल गर्नुहोला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

मुद्दा मामिला तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुँने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

घर जग्गा तथा पशुपालन व्यावसायमा समय खर्चने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन् । समयमा काम नसकिने हुँनाले मान सम्मानमा कमिको महशुस हुनेछ । माया प्रेममामा एक अर्काबिच केहि समयको लागि टाडिनु पर्ने बाध्यात्मक परिस्थितिको सिर्जना हुनेछ । व्यापार व्यावसायमा लगानि गर्नु अघि समयको गहन अध्ययन गरेर मात्र काम सुरु गर्नुहोला समय मध्ययम रहेकोलेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

न्यायिक निर्णय तथा अदालति फैसला तपाईकै पक्षमा आउँनेछ । पराक्रमि क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ । परिवारमा लामो समय लेखि भेटघाट भएका मानिससँग भेट्न पाउँदा आत्मिय भाव बढ्नेछ भने रमाईलो बाताबरणमा दिन कटाउँन सकिनेछ । बिश्वासको बाताबरण बढेर जानेछ भने पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सक्दा परिणाम मुखि कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले सफलता हात लाग्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजा आउने हुनाले आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । तपाईको ईमान्दारिताको सबैले कदर गर्नेछन् भने सामाजिक कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । आुफन्त तथा कुटम्बसँगको चिसिएको सम्बन्धमा सुधार भएर जाने समय रहेकोछ । व्यापार व्यावसाय बिशेष गरेर होटल तथा रेष्टुरामा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न भई घर परिवारका ईच्छा आकांक्षा तथा दैनिक उपभोग्य बस्तुहरुको परिपुर्ति गर्न सकिनेछ । मानव निर्मित भौतिक बस्तुहरुको प्रयोग गर्न पाईने हुदा मन प्रसन्न रहनेछ । पारिवारिक माहोलमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अध्ययनमा चाहेजस्तो सफलता हात पार्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी तारानाथ भण्डारी ।

 
 
  
 

You may also like