भाइरल जोडीको लागि अमेरिकाबाट अन्तरवार्ता लिन आए, घर निर्माणका लागि आर्थिक सहयोग पनि मिल्यो (भिडियो)

by समतल अनलाइन

इलाम । सामाजिक सञ्जालमा भाइरल दम्पति इलाम, चुलाचुली–३ का ६७ वर्षियसिँहप्रसाद लिम्बु र २१ वर्षिया पुजा लिम्बुको अन्तरवार्ता लिन युटुबरले हैरान बनाएपछिघरपरिवारमा तनाब सृजना भएको छ ।

उनीहरुको दुख बाहिर ल्याउने भन्दा पनि बासघरीमालगेर प्रायोजित भिडियोहरु बनाउन थालेपछि घरपरिवार चिन्तित छन् । बिहान देखी रातीसम्म भीड हुन्छ, धामी काम गर्न पाएको छैन, सिंह प्रसादलेभने,‘ यी दरले हाम्रो जोडि नै टुटाईदेला भन्ने पीर छ । घर परिवारको दुख भन्दा पनि परिवारलाई नै असर पार्ने गरी को भेटियो केभेटियो खुलाशा भनेर समस्या भएको बताइएको छ । जसको कारण घर निर्माण समितिलाई समेत अभियानमा समस्या भएको छ ।

६७ वर्षिय सिँहप्रसाद लिम्बु र २१ वर्षिया पुजा लिम्बुको अन्तरवार्ता लिन अमेरिकाबाट एक युवक आएका छन् । अमेरिकाको क्यालिफोर्नियाबाट रमेश श्रेष्ठ नाम गरेका युवक सोमबार भाइरल दम्पतिको घर पुगेका थिए । उनले भाइरल दम्पतिको झण्डै २० मिनेट लामो अन्तरवार्ता लिएका छन् । अमेरिकाको क्यालिफोर्नियामा कार्यरत श्रेष्ठले भाइरल दम्पतिको घरमै पुगेर आर्थिक सहयोग समेत गरेका छन् । उनले भाइरल दम्पतिको घरको अवस्था नाजुक भएकोले घर निर्माणमा सबैले सहयोग पुर्याउनुपर्ने बताएका छन् ।

अमेरिकाबाट आएका श्रेष्ठले घर निर्माणका लागि पाँच हजार रुपैयाँ नगद सहयोग गरेका छन् । श्रेष्ठले सहयोग उपलब्ध गराएको रकम घर निर्माणका लागि चुलाचुलीस्थित एनएमबी बैंकमा सञ्चालन गरिएको खातामा जम्मा गरिएको छ । श्रेष्ठले भाइरल दम्पतिको घरको अवस्था अत्यन्तै दयनिय रहेकोले सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।
भाइरल दम्पतिको घर निर्माणमा सहयोग पुर्याउन चाहानेका लागि निम्न मोबाइल नं।उल्लेख गरिएको छ :

संयोजक : रूपेन्द्र शेर्मा–९८४२०९२४०६, ९८०४०८६८०६ / सचिव : वुद्धराज लिम्बु–९८१५९४८२२७ / कोषाध्यक्ष : सुनकुमार केरुङ–९८१७९६१९६८


यी महिलाले गरिन् ९ जनासँग विवाह

एक जना महिलाले कति जना पुरुषसँग विवाह गर्लिन, एकजनासँग वा दुईजनासँग । तर एक महिलाले भने विवाहमा नयाँ रेकर्ड कायम गरेकी छन् । एकपछि अर्को गर्दै ती महिलाले ९ जना पुरुषसँग प्रेम विवाह गरिन् । घटना सार्वजनिक भएपछि महिलाका आठौं पतिले प्रहरीमा मुद्दा दर्ता गरे ।

प्रहरीले उक्त घटनामा सम्झौताका लागि धेरै प्रयास गर्यो । तर कुरा मिलेन । महिलाले नवौं पतिसँग प्रेम गरेको बताइन् र उनीसँगै हिँडिन् । प्रहरीका अनुसार भारतको लखीमपुर शहरको सदर क्षेत्रमा बस्ने महिलाको १० वर्ष पहिले सोही ठाउँका एक युवकसँग विवाह गरेकी थिइन् । केही दिनपछि पती–पत्नीबीच खटपट भयो । त्यसपछि महिलाले पतिसँगको नाता तोडेर आफ्नै मर्जीले दोस्रो युवकसँग विवाह गरिन् ।

दोस्रो पुरुषसँग पनि केही समय विताएर उनले तेस्रो पुरुषसँग विवाह गरिन् । तर तेस्रो पुरुषसँगको सम्बन्ध पनि धेरै दिन टिक्न सकेन । हरेक पटक महिलाको उनका पतिसँग मनमुटाव हुँदै आयो र उनले जतिपटक मनमुटाव भयो सम्बन्ध तोड्दै नयाँ पुरुषलाई आफ्नो जीवनसाथी बनाउँदै गइन् ।

आठौं पटकको विवाह पछि सम्बन्धमा केही स्थायित्व आयो । फरधान भन्ने ठाउँका एक व्यक्तिसँग विवाह गरेपछि ती महिला उनीसँग करिब ५ वर्ष सम्बन्धमा बसिन् । सम्बन्धमा रहँदा उनी ४ वटा बच्चाकी आमा बनिन् । समय अगाडि बढ्दै थियो तर, फेरि पति र पत्नीबीच विवाद भयो ।

आठौं पतिसँग बस्ने मन नलागे पछि ती महिलाले अर्को पुरुषसँग नवौंपटक विवाह गरेर फरधान छाडेर मोहम्मदी भन्ने ठाउँमा आएर बस्न लागिन् । तर आठौं पतिले उनीविरुद्ध फरधान प्रहरी चौकीमा रिपार्ट दर्ता गराए र मोहम्मदी भन्ने ठाउँका युवकले आफ्नो पत्नी भगाएको आरोप लगाए ।

त्यसपछि प्रहरीले महिला र उसका नवौं पतिको खोजी शुरु गर्यो । खोजी शुरु गरेको केही दिनपछि प्रहरीले महिला र उनका नवौं पतिलाई पक्राउ गरि उनीहरुलाई स्थानीय अदालतमा पेश गरिएको थियो ।

महिलाले आफू नवौं पतिसँग बस्न इच्छुक रहेको बयान दिएपछि अदालतले आठौं पतिले दायर गरेको मुद्दा खारेज गरिदिएको छ ।

 
 
  
 

You may also like