मानवता हरायो संसारमा : दुई वर्ष देखी निरन्तर यातना भोग्दै पासोमा जिवन विताईरहेको छ यो गोहीले (भिडियो)

by समतल अनलाइन

यदी तपाई यो घटनाको सत्यता थाहा पाउनुभयो भने मानवता प्रतिको तपाईको विश्वास हराउन सक्दछ । यो तस्विर वाटै यस्तो पिडा झल्किन्छ यदी तपाई पुरा समाचार हेर्नुभयो भने दुखले स्तब्ध हुनुहुनेछ ।यो निर्दोष गोहीले दुई वर्ष देखी निरन्तर जुन यातना भोगिरहेको छ ।अन्दाज लगाउनुहोस यदी यो मान्छेसंग यस्तो भैदिएको भए कस्तो हुने थियो होला ?

यो दुखद घटना इंडोनेशियाको Central Sulawesi मा रहेको Palu नदीमा देखीएको हो । एक जना पर्यटकले यो दुखद तस्विर सार्वजनिक गरेका हुन । दुई वर्ष अघि पहिलो पटक सार्वजनिक भएको यो तस्विरको गोही हाल सम्म सोही अवस्थामै देखा परिरहेको स्रोतले जनाएको छ ।

दुई वर्ष अघि ईण्डोनेसियाका एक व्यक्तिले उक्त गोहीलाई पाल्न खोजेको र असफल भएपछि घाटीमा बलियो टायर फसाईदिएको भन्ने खुल्न आएको छ । हालसम्म पनि उक्त गोही घाटीमा टायर भएकै अवस्थामा भेटीने गरेको छ । उक्त टायरकै कारण पर्याप्त खाना खान नपाउदा अस्वस्थ हुदै गएको छ ।

 
 
  
 

You may also like