साइकिलिङमा दुई स्वर्ण, नेपालको स्वर्ण संख्या २७ पुग्यो

by समतल अनलाइन

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग (साग) अन्तरगत साइकिलिङमा नेपालले दुई स्वर्ण जितेको छ ।

बुधबार भएको साइकिलिङको डाउन हिलमा पुरुषतर्फ राजेश मगर र महिला तर्फ निश्मा श्रेष्ठले जितेका हुन् ।

गोकर्णमा भइरहेको साइकिलिङमा नेपालले २ स्वर्णजितेसँगै नेपालको स्वर्णको संख्या २७ पुगेको छ ।

डाउनहिलमा रजत र काइस पनि नेपालले नै जितेको छ । जसमा पुरुष तर्फ रजत निर्भ श्रेष्ठले जितेका छने भने कास्य प्रजित थापाले जितेका छन् ।

यस्तै, महिलातर्फको डाउनहिलमा रजत जमुना थापाले जितेकी छन् । कास्य यशोधराले जितेकी छन् ।

 
 
  
 

You may also like