बुटवल–लुम्बिनीमा सुन्दर यातायातको बिजुलीबस

by समतल अनलाइन

बुटवल  । सुन्दर यातायात प्रालिले बुटवल र भैरहवामा पनि बिजुली बस सञ्चालन गर्ने भएको छ । काठमाडौं उपत्यकामा बिजुली बस सञ्चालन गरिसकेको कम्पनीले ५ नम्बर प्रदेशमा पनि सेवा विस्तार गर्न लागेको हो । कम्पनीले बुटवलमा शाखा कार्यालयसमेत स्थापना गरिसकेको छ ।

आगामी तीन महिनाभित्र बुटवल–भैरहवामा ६ वटा बिजुली बस सञ्चालनमा ल्याइसक्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । सुरुमा बुटवलदेखि लुम्बिनीसम्म बिजुली बस सञ्चालन गर्ने लक्ष्य राखिएको छ । यी बसले मुर्गिया र बर्दघाटदेखि बुटवल, भैरहवा हुँदै लुम्बिनीसम्म यात्रुलाई सेवा दिनेछन् । बिजुली बस १०.५ मिटर र ८.५ मिटर लामा हुने उनले बताए । सुन्दर यातायातले मुलुकमै पहिलोपटक विद्युतीय बस एसेम्बल्ड प्लान्ट स्थापनाका लागि गृहकार्य सुरु गरेको छ ।

बिजुली बसमा सुरक्षाका लागि सिसी क्यामेरा हुनेछन् । जिपिएस सुविधा छ । मोबाइलबाटै गाडी हेर्न सकिन्छ । फोहोर फाल्नका लागि डस्टबिन हुनेछन् । मोटरबाट चल्ने हुनाले धुवाँ आउँदैन । गाडीको चारैतिर एलसिडी जडित छ जहाँ विज्ञापन र सूचनामूलक जानकारी हेर्न सकिन्छ ।

 
 
  
 

You may also like