सुख्खा पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

by समतल अनलाइन

बाग्लुङ।मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बाग्लुङको निसीखोला खण्ड सुख्खा पहिरोका कारण अवरुद्ध भएको छ । मंगलबार साँझ ५ बजेको समयमा निसीखोला गाउँपालिका–२ बायखोला खोर भन्ने स्थानमा सुख्खा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो ।

लोकमार्गमा खसेको सुख्खा पहिरोको कारण करीब ३० मिटर सडक पुरिएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए ।

पहिरोका कारण निसीखोला केही समय थुनिएको भए पनि पछि खोला सामान्य गतिमा बग्न थालेको थियो । पौडेलले सुख्खा पहिरो खसिरहेका कारण लोकमार्ग खुलाउन समस्या भएको बताए ।

पहिरोबाट कुनै मानवीय क्षति नभएको बताउँदै पौडेलले लोकमार्ग खुलाउने प्रयास गरे पनि रातको समयमा समस्या भएका कारण बुधबार बिहान लोकमार्ग खुलाउने गरी लोकमार्गका आयोजनाका प्रतिनिधिसँग छलफल भएको जानकारी दिए ।

लोकमार्ग अवरुद्धसँगै आवतजावतमा समस्या भएको छ ।

 
 
  
 

You may also like