गुल्मीबाट बाग्लुङको निसिखोला जादै गरेको जिप दुर्घटना हुदा १४ जनाको घटनास्थलमै ज्यान गयो

by समतल अनलाइन

गुल्मी । गुल्मीबाट कुलपुजाको लागि बागलुङको निसिखोला जादै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । दुर्घटनामा गुल्मीको इस्माबाट कुलपुजाको लागि निसिखोलाको बायोखोला जाँदै गरेका गुल्मीका ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ ।
अन्य तीन जनालाई उद्धार गरी उपचारको लागि बुर्तिवाङ बठाईएको छ । उद्धार कार्य जारी रहेको छ ।

 
 
  
 

You may also like