देशबासीको कल्याणको कामना गर्दै पुर्व राजा शाहद्वारा बोलबम धाममा बिशेष पुजा आर्चना

by समतल अनलाइन

शिब अधिकारी
सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको धार्मिक तथा एतिहासिक स्थल पर्रोहा पर्मेश्वर बोलबम धाममा सोमबार पुर्व महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवले बिशेष पुजाअर्चना गर्नुभएको छ ।पश्चिम नेपालको धार्मिक भ्रमणको क्रममा रहनुभएका शाहले आज बोलबम धाममा भगवान शिबजिको पुजा आरधाना गर्नुभएको हो । भगवान शिबको आरधनाबाट शक्ति , भक्ति , उर्जा तथा मोक्ष प्राप्ति हुने भएकाले भगवानलाई पञ्चामृतले स्नान गराएर स्वर्णस्पचारले शाहले पुजा गर्नुभएको हो ।

सैनामैना नगरपालिकामा रहेको पश्चिमको पशुपति नाथको उपनामले चिनिएको पर्राेहा परमेश्वर बोलबम धाममा शाह आज दिउसो ४ बजे बुटवलहुँदै रानबगिया चोकबाट प्रबेश गर्नुभएको थियोे ।

पुर्व राजा आईपुग्दा राजाको स्वागतको लागि बसेका हजारौं मानिसहरुले राजा आउँ देश बचाउ जस्ता नारा लगाएका थिए । पुर्व राजा शाहलाई मन्दिरमा फुलमालाले स्वागत गरिएको थियो भने उहाँले मन्दिरमा २० मिनेट पुजा आर्चना गर्नु भएको थियो ।

देशबासीमा सुख शान्तीको कामना गर्दै पुजा गर्नुभएका पुर्वराजा शाहले देशको कल्याणको संकल्प गरि पुजा गर्न लगाएको पण्डित विष्णु ज्ञवालीले जानकारी दिनुभयो । पण्डित ज्ञवालीले शाहलाई मुल मन्दिरमा विशेष पुजा गराउँनु भएको थियो । पुजा लगत्तै शाहले मन्दिर ब्यवस्थापन समितिले बनाएको आशनमा केही बेरे विश्राम लिनु भएको थियो ।

पर्राेहा पर्मेश्वर बोलबम धाम मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष रामबली चौधरीले धामको चिनो पुर्व राजालाई प्रदान गर्नु भएको थियो । चिनो ग्रहण गरे लतत्तै शाह मन्दिरको दक्षिण गेट बाट मुर्गिया तर्फ प्रस्थान गर्नु भएको हो । मुर्गियामा पनि शाहलाई हजारौंको संख्यामा स्थानीयले स्वागत गरेका हुन् ।

 
 
  
 

You may also like