पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देहीमा

by समतल अनलाइन

रुपन्देही । पूर्वराजा ज्ञानेन्द्र शाह प्रदेश ५ भ्रमणको लागी आज रुपन्देहीमा आई पुग्नुभएको छ । प्रदेश नम्बर ५ मा रहेका बिभिन्न धार्मिक क्षेत्रको भ्रमण गर्ने र राजनैतिक ब्यक्तित्व तथा सर्वसाधारण संग भेटघाट गर्ने उद्देश्य सहित पूर्व राजा पश्चिम क्षेत्रको भ्रमणमा निस्किनु भएको हो ।

उँहा साझ ५ बजे भैरहवा बिमान स्थलमा आईपुग्नु भएको थियो । उँहाको स्वागतमा भैरहवा स्थित गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा राजा समर्थकहरुको जनसागर नै उर्लिएको थियो । “राजा समर्थकहरुले देश बनाउन राजाको खाँचो छ”, “राजा आउ देश बचाउ”, “हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ” लगायतको नारा लगाउदै बिमानस्थलमा पूर्व राजाको भब्य स्वागत गरेका छन् ।
यस्तै भैरहवा बिमास्थलबाट निस्किएका पूर्व राजाको हिड्ने बाटामो पनि नगरवासीले स्वागत गरेका छन् । पूर्व राजाले पनि चोकचोकमा जम्मा भएका आफ्ना समर्थकलाई भेटनु भएको थियो ।
एक साता लामो भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्रको बसाई भैरहवाको पाँच तारे होटल टाईगर रिसोर्टमा हुने छ । उँहा साता भरि धार्मिक भ्रमण तथा भेट घाटमा ब्यस्त हुनेछन् ।
पूर्व राजाको सचिवालय तथा यस क्षेत्रका भ्रमण कार्यक्रमका संयोजक शक्ति प्रसाद सापकोटले राजा भैरहवालाई भैरहवा मुकाम बनाएर बस्ने जानकारी दिनुभयो । यस क्रममा पूर्व राजाले भोली १६ गते सैनामैनामा रहेको पर्रोहा बोलबम धामको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । उँहा दिउँसको ३ बजे धाममा पुग्ने कार्यक्रम रहेको छ । भने १७ गते मर्चवारमा रहेको मर्चवारी देवीको दर्शन गर्ने उँहाको सचिवालयले जानकारी दिएको छ । १८ गते बसेको होटलमै बिभिन्न ब्यक्तित्वसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । यस्तै १९ गते पाल्पाको भगवती मन्दिर र २० गते कपिलवस्तुको गोरुसिंगेस्थित पशुपति केन्द्रमा जाने कार्यक्रम रहेको छ । अन्तिम भ्रमण नवलपरासीको पाल्ही भगवती को दर्शन गरि आईतबार काठमाण्डौं फिर्ता हुने कार्यक्रम रहेको उँहाको सचिवालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like