बुटवल।बुटवलमा विजनेश प्लान च्यालेन्ज (सिजन ३) प्रतियोगिता सम्पन्न भएको छ । बुटवलको कालिकानगर स्थित क्षितिज इन्टरनेशनल कलेज विद्यार्थी कल्याण परिषद र क्षितिज इन्टरनेशनलको आयोजनामा भएको प्रतियोगितमा रूपन्देही जिल्ला अन्तर्गत स्नातक तहका १३ वटा कलेज सहभागी भएका थिए ।
सो प्रतियोगितामा क्षितिज इन्टरनेशनल कलेज प्रथम भएको छ । क्षितिजले नगद ४० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै प्रतियोगितामा द्वितिय तिलोत्तमा क्याम्पस र तृतीय सिद्धार्थ इन्टरनेशनल कलेज भयो । उनीहरुले क्रमशः नगद २५ हजार र १५ हजार रुपिँयासहित कप, मेडल र प्रमाणपत्र पाए ।
उक्त प्रतियोगिताको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले एक कार्यक्रमका बीच उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री ढकालले पछिल्लो समय युवाहरु विदेशी क्रम बढीरहेको र कसरी रोक्न सकिन्छ भन्ने बहस चलिरहेकोमा कलेजले आयोजना गरेको कार्यक्रमले स्वदेशमै उद्यम गर्नेहरुलाई सहयोग पुराउने बताए ।
‘अहिले नेपालमा केही छैन् भनेर विदेशीने क्रम बढी रहेको छ । यसलाई रोक्न कसरी सकिन्छ भनेर बहस चलिरहेको अवस्थामा क्षतिज कलोज आयोजना गरेको यो कार्यक्रम पक्कै पनि सहयोगि हुने नै छ । निरन्त रुपमा यस्तै हौसला बढाउने कार्यक्रम गरेर विद्यार्थीहरुलाई स्वदेशमै केही गर्ने मनोबल बनाउने कार्यक्रम गर्न आग्रह पनि गर्छु,’ –मन्त्री ढकालले भने ।
मन्त्री ढकालले नेपालमै धेरै सम्भावना रहेको बताउँदै त्यसलाई कसरी प्रयोग गर्ने भन्ने महत्वपूर्ण भएकाले प्रदेश सरकार सम्भावनालाई कसरी सहि रुपमा प्रयोग गर्न सकिन्न भन्ने तर्फ नै केन्द्रित रहेको बताए ।
क्षितिज इन्टरनेशनल कजेलका अध्यक्ष रामेश्वर श्रेष्ठले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिनको लागि जनामा विजनेश प्लान च्यालेन्जको आयोजना गरेको बताए । कजेलका प्रिन्सिपल डा.सूर्य रानाले यस अघि २०१९ र २०२२ मा विजनेश प्लान च्यालेन्जको पहिलो र दोस्रो संस्करण गरेको बताउँदै धेरै नै प्रभावकारी दिएको बताए ।
यसलाई आफुहरुले निरन्तरता दिने समेत बताए । कार्यक्रममा क्षतिज इन्टरनेशलन कजेलका सल्लाहाकार ज्ञानेन्द्र कसजु, निर्मलप्रसाद लाकौल, लोकनाथ उपाध्याय, होराइजन गौतमबुद्ध स्कुलका प्रिन्सिपल गोपाल आचार्य, बुटवल मोडन कजेलका प्रिन्सिपल डा. नेत्र बस्याल लगायतको सहभागिता रहेको थियो ।
उक्त विजनेश च्यालेन्ज सिजन ३ को निर्णयकको रुपमा अजयमान श्रेष्ठ, सृष्टि गुरुङ र समयक ब्रजाचार्य रहेका थिए । कार्यक्रममा विजनेश प्लान च्यालेन्जका अध्यक्ष किरणध्वज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रतियोगिताको मुख्य प्रयोजकको रुपमा गरिमा विकास बैंक लि. रहेको थियो।