इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह सुरू, विद्यार्थीको प्रतिभा प्रस्फुटनमा जोड

by समतल अनलाइन

बुटवल। बुटवल–११, कालिकानगरस्थित इन्टलेक्चुअल स्कूलमा बुधबारदेखि खेल सप्ताहको शुभारम्भ भएको छ। विद्यार्थीहरूको प्रतिभा पहिचान र विकासका लागि आयोजित यस खेल सप्ताहमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी सहभागी भएका छन्।

खेल सप्ताहअन्तर्गत भलिबल, कबड्डी, फुटसल, रिलेदौड, सटपट, हाईजम्प, लङजम्प, टेबल टेनिस, ब्याडमिन्टन, ज्याभलिन थ्रो, कुर्सीदौड, साइकल दौड, बास्केटबल, खो-खोलगायतका खेलहरूमा विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइनेछ।

खेल सप्ताहको उद्घाटन गर्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष गोबिन्दप्रसाद मरासिनीले विद्यालयले खेलकुदसँगै अन्य शिक्षामूलक गतिविधिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए। संस्थापक सञ्चालक तथा प्रबन्ध निर्देशक रामराज पोख्रेलले खेलकुदले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

उद्घाटन समारोह निम्नमाध्यमिक तह संयोजक मेघराज पोख्रेलको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रमको सञ्चालन विद्यालयकी कोअर्डिनेटर माया पौडेलले गरेकी थिइन्।

 
 
  
 

You may also like