अर्घाखाँची दुर्घटना अपडेट : दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८ पुग्यो

by समतल अनलाइन

बुटवल । अर्घाखाँचीको नरपानीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बुधबार (आज) अर्घाखाँचीको सन्धीखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरकाे बस ३ :५० बजे सन्धिखर्क नगरपालिका–६ नरपानीमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीलेलाइ दिएको जानाकारी अनुसार दुर्घटनामा परि १७ जनाको घटना स्थलमा मृत्यु भएको र १ जनाको प्रथामिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका १३ जनाको थप उपचारको लागि बुटवल ल्याइएको छ । दुर्घटनामा मृत्यु हुनेको आझै पहिचान खुलेको छैन ।

 
 
  
 

You may also like