गगनलाई प्रचण्डको प्रश्न– प्रधानमन्त्रीलाई आराम गर भन्ने, देवघाटतिर जानुपर्नेलाई चुनावमा उठाउने ?

११ मंसिर २०७६, बुधबार

पोखरा। सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्कीको उपनिर्वाचनमा नेपाली कांग्रेसले ७७ वर्षीय वृद्धलाई चुनावमा उठाएको टिप्पणी गरेका छन् ।

बुधवार कास्कीको पोखरामा आयोजित चुनावीसभामा प्रचण्डले केही महिना अघि संसद बैठकमा ‘बा प्रधानमन्त्री’ केपी शर्मा ओलीले आराम गर्नुपर्ने कांग्रेस सांसद गगन थापाको भनाइलाई जवाफ दिएका थिए ।

 

नेपाली कांग्रेसका सांसद गगन थापाले नेकपाले बा प्रधानमन्त्रीलाई आराम दिनुपर्ने बताएका थिए । त्यसको जवाफ प्रचण्डले तीनमहिना पछि कास्की पुगेर दिएका छन् ।

कांग्रेसले ७७ वर्षका खेमराज पौडेललाई उम्मेदवार बनाएको प्रति लक्षित गर्दै प्रचण्डले देवघाट तिर जानुपर्ने मानिसलाई कांग्रेसले उम्मेदवार बनाएको भन्दै टिप्पणी गरेका हुन् ।

‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहीँ बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७७ बर्षको बूढालाई । जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई। त्यहाँ गएर ध्यान र ज्ञान सिक्नपर्ने मान्छेलाई आफू अघि सार्ने अनि ६५ वर्ष जवानलाई रेष्ट गर्ने भन्न मिल्छ तरु’ प्रचण्डले प्रश्न गरे ।

कास्की २ मा मा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया