शुद्धोधन गाउँपालिकाको १७ औं अधिवेशन सुरु

by समतल अनलाइन

बुटवल । शुद्वोधन गाउँपालिका रुपन्देहीले आजबाट हिउँदे अधिवेशन सुरु भएको छ। यो अधिवेशन शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल को अध्यक्षतामा शुरु गरिएको हो।

अधिवेशनका अवसरमा अध्यक्ष बस्यालले विभिन्न नीति निर्माणका लागि यो अधिवेशन आयोजना गरिएको जानकारी दिए। यस अधिवेशनमार्फत शुद्धोधन गाउँपालिकाको विकास र समृद्धिको लागि आवश्यक रणनीतिहरू तय गरिने र आगामी योजनाहरू सार्वजनिक गरिनेछ।

पालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वधारका क्षेत्रमा दीर्घकालीन योजना बनाउने र त्यसका लागि बजेट विनियोजन गर्ने प्रक्रियामा ध्यान केन्द्रित गरेको छ।

यस अधिवेशनमा शुद्धोधन गाउँपालिकाको समृद्धिको लागि जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

 
 
  
 

You may also like