भैरहवा। रुपन्देही ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कूल रुपन्देही (नमस्ते एकडेमीमा) आगामी माघ १५ र १६ गते क्रियटिभ फेस्ट हुने भएको छ। ‘सोकेसिङ द क्रियटिभिटी’ भन्ने मूल नाराका साथ विद्यार्थीका विभिन्न क्षेत्रमा रहेको सृजनशीलतालाई प्रस्फुटन गर्ने उद्देश्यले विभिन्न विषयका १३ विधाको महोत्सव हुने विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकीले बताए ।
‘हरेक विद्यार्थीमा फरक फरक किसिमको सृजनशीलता हुन्छ । यसले विद्यार्थीलाई सृजनशील बनाउँछ’उनले भने, ‘यसै कुरालाई मनन गरी यो कार्यक्रम आयोजना गरिएको हो ।’
प्राचार्य बुढाथोकीका अनुसार कार्यक्रममा मूलतः विद्यार्थीको सृजनशीलताको प्रदर्शनी हुनेछ । मुलः रुपमा क्रियटिभ फेस्टमा आर्ट एक्जिबेशन, आर्केड एण्ड एट्रेक्सन, क्राउड डिपार्टमेन्ट, ई स्पोट्र्स, गायन तथा नृत्य, नाटक प्रदर्शन, खाना महोत्सव, हेल्थ एण्ड सेफ्टी, हन्टेड हाउस, क्याफे, प्राइमेरी फेस्ट, रोबोटिक र नर्सरी रहने इभेन्ट सुपरभाइजर तथा विद्यार्थी सुजल बस्यालले बताए ।
यो ऐतिहासिक कार्यक्रम भएकाले सम्पूर्ण क्षेत्रबाट साथ र सहयोगको अपेक्षा गरिएको इभेन्ट म्यानेजर तथा कक्षा १२ मा अध्ययनरत विद्यार्थी संकल्प पोखरेलले जानकारी दिए ।क्रियटिभ फेस्ट क्रियशनको प्रस्फुटन मात्रै नभएर विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकासको महत्त्वपूर्ण कडी भएको स्पोन्सर म्यानेजर कृतार्थ श्रीवास्तवले बताए । व्यापारिक घराना, उद्योगी –व्यवसायीलाई यो महत्वपूर्ण कार्यक्रममा आफ्नो व्यापार व्यवसायको प्रबद्र्धनका लागि प्रायोजन गरी सहयोग गरिदिनहुन उनले आग्रह गरेका छन् ।
कक्षा पिजीदेखि १२ सम्मका विद्यार्थीको सक्रिय सहभागीता हुने यो दुईदिवसीय प्रदर्शनी पूर्ण रूपमा मौलिक, सृजनशील र पृथक हुने भएकाले सबैले जिम्मेवारी अनुसार भूमिका निर्वाह गरी भव्य र सभ्य बनाउन लाग्नुपर्ने प्लस टु संयोजक महेश पौडेल, एडमिसन एवं मार्केटिङ म्यानेजर दिनेश चापागाईं र विद्यालयका व्यवस्थापक उमेश कंडेलले बताए ।
क्रियटिभ फेस्ट मूलतः विद्यार्थीको नेतृत्व, आइडिया र व्यवस्थापनमा सञ्चालन हुने मोफसलको एक मात्रै कार्यक्रम भएको विद्यालयको दावी छ । यसले विद्यार्थीमा आलोचनात्मक चेतको विकास गरी समस्या समाधान, उद्यमशीलता, लेखन र भाषण कलाको विकास, जिम्मेवार र उत्तरदायी व्यक्तित्व र सामूहिक सीपको भावना विकास गराउने जानकारी विद्यालयकी निर्देशक पुष्पा कंडेलले विश्वास व्यक्त गरिन् ।
ब्रिटिस ग्रामर स्कूल रुपन्देही नेपालको सबैभन्दा ठूलो शैक्षिक घराना ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गत सञ्चालित अन्तर्राष्ट्रियस्तरको विद्यालय हो । यो विद्यालयका भगिनी शैक्षिक संस्थाहरु चितवन, पोखरा, काठमाडौ, दुबई, क्यानाडा र बेलायतमा रहेको छ । यस किसिमको अद्वितीय कार्यक्रम हेर्न रुपन्देही जिल्ला र बाहिरका शैक्षिक प्रतिष्ठान, संघ–संस्था, व्यापारिक घराना, अभिभावक, विद्यार्थी, शिक्षासँग सरोकार राख्ने पत्रकार, शिक्षाविद् सबैलाई निमन्त्रणा गरिएको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले जानकारी दिए ।