बुटवल।नेपाल पुलिस क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रबेश गरेको छ । बुटवलको रामनगर खेल मैदानमा आज भएको पहिलो सेमिफाइनमा गुजरात स्टेट भलिबल क्लबलाई ३–१ सेटको अन्तरले पराजित गर्दै पुलिस फाइनल प्रबेश गरेको हो ।
दोस्रो सेमिफाइनल भने प्रतिकूल मौसमका कारण स्थगित भएको छ । भोली बिहान ११ बजे त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीच दोस्रो सेमिफाइनल हुने आयोजकले जनाएको छ । आज भएको सेमिफाइनलको पहिलो सेट गुजरात स्टेट भलिबल क्लबले २७–२५ ले जितेपनि अन्य तीन सेट लगातार २५–१४, २५–२१ र २७–२५ अङ्कको अन्तरले पराजित गर्दै पुलिस क्लबले फाइनलमा ठाउँ पक्का गरेको हो ।
फाइनल खेल भोली दिउँस २ बजे हुनेछ । पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागीता रहेको छन । प्रतियोगिताको विजेताले सात लाख ५० हजार, उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ७५ हजार र सान्त्वना हुने टोलीले एक लाख रुपैयाँ पाउनेछन् । यसैगरि प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु. २५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले रु. १० हजार प्राप्त गर्ने छन् ।