प्रेस युनियन युरोपको अध्यक्षमा सञ्जय कँडेल

लिस्बन । नेपाल प्रेस युनियन युरोप शाखाको प्रथम अधिवेशनले सञ्जयभक्त कँडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । 

आईतवार जुममार्फत सम्पन्न भएको अधिवेशनले कँडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा सिद्धार्थबिक्रम क्षेत्री, उपाध्यक्षमा विकास लम्साल, भरत प्रधान र सबिना श्रेष्ठ चयन हुनुभएको छ । अधिवेशनले शाखाको महासचिवमा प्रबल भट्टराईलाई चयन गरेको छ भने उपमहासचिवमा प्रतीक लामिछाने चयन हुनुभएको छ । यस्तै सचिवमा मिलन शर्मा र कोषाध्यक्षमा सुजन पराजुलीलाई सर्वसम्मत चयन गरेको छ ।

शाखाको सदस्यहरुमा कञ्चन प्रसाई, आशिष बस्नेत, विजय शर्मा, पुस्तक रेग्मी, रोहन बानिया, नवराज काफ्ले, हरिप्रसाद पाण्डे र चक्र गुरुङ्ग सर्वसम्मत चयन हुनुभएको छ । 

अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

 
 
  
 

You may also like