सिमलताल दुर्घटना : यी हुन् दुई बसका ६५ यात्रु (विवरणसहित)

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–नारायणघाट सडकखण्ड अन्तर्गत सिमलतालमा बस दुर्घटनाका ६५ जना यात्रुको विवरण सार्वजनिक गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार प्रकाशन गरेको प्रेस विज्ञप्ति अनुसार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बाप्र ०३००६ख नम्बरको एन्जल डिलक्समा २७ जना यात्रु रहेको पाइएको छ । यस्तै, काठमाडौंबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्समा ४१ यात्रु रहेको खुलेको छ । जसमध्ये तीन जना बँच्न सफल भएका छन् । हालसम्म दुवै बसका गरी १४ जना यात्रुको शव फेला परेको जनाइएको छ ।

तीमध्ये ८ जनाको पहिचान खुलेको छ भने ६ जनाको सनाखत हुन बाँकी छ । शुक्रबार सिमलतालमा पहिरोले बगाउँदा त्रिशूलीमा हराइरहेका दुवै बस अझै फेला पर्न सकेका छन् । बस तथा बेपत्ता यात्रुहरूको सुरक्षाकर्मीले खोजी जारी राखेका छन् ।

हेर्नुस् विवरण

 
 
  
 

You may also like