बढ्यो डिजेल–पेट्रोलको भाउ

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । आज (सोमबार) राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजलेको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट बढेर आएपछि नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

 
 
  
 

You may also like