पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्याे,ग्यासको घट्याे

साउन २२, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाएको छ भने एलपी ग्यासको मूल्य घटाएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य सिलिन्डरमा २५ रुपैयाँ मूल्य घटाएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोलमा एक रुपैयाँ, डिजल तथा मट्टीतेलको मूल्य भने लिटरमा एक रुपैयाँ र ५० पैसा बढाएको हो।

यसअघि १४ सय रुपैयाँ रहेको ग्यासको मूल्य अब १३ सय ७५ रुपैयाँ भएको छ । काठमाडौंमा पेट्रोल एक सय नौ रुपैयाँ र डिजल तथा मट्टीतेल भने ९७ रुपैयाँ हुने भएको हो ।

 
 
  
 

You may also like