सचिव विहिन मिनी सिंहदरवार

नारायण वली
दाङ्ग, साउन २१ । राजनितिक पविर्तवन संगै देश संघियतामा गएपछि स्थानिय तहमै सिंहदरवार आउने र राजधानी धाउने वाध्यता वाट मुक्त हुने विश्वास लिएका स्थानिय जनताहरुले अहिले सिंहदरवारको अनुभूति गर्न पाएका छैनन्् । राजपुर गाउँपालिका वडा नं। ७ सिक्टाका वडा अध्यक्ष भिम वहादुर खड््का सञ्चार विहिन हुनुहुन्छ भने वडा सचिव यही साउन १ गते सरुवा भएपछि उक्त वडा कार्यालय सचिव विहिन वन्न पुगेको छ ।

कार्यालयमा आ–आफ््ना कामका लागि आउने स्थानिय वासीहरुलाई कार्यालयमा सचिव नहुँदा सेवा प्रवाहमा कठिनाई हुन पुगेको छ । दाङको राजपुर गाउँकापालिका वडा नं। ७ सिक्टामा साउन १ गते देखि वडा सचिव नहँुदा सेवाप्रवाह प्रभावित वन्न पुगेको छ भने कार्यालयमा विवाह दर्ता, मृत्यु दर्ता, वसाईसराई र जन्मदर्ता लगायतका काम प्रभावित वन्न पुगेका छन्् ।

वडामा कार्यरत रहेका सचिवको सरूवा भए पश्चात्् सेवाग्राहीहरूको कागज पत्र लेखनको लागि जनप्रतिनिधी पुष्कर वलीलाई जिम्मेवारी दिए पनि कम्प्युटर विग्रिएकाले उक्त काम पनि हुन नसकेको वताईएको छ । सचिव नभएपछि कागजपत्रको सम्पुर्ण कार्य सम्पन्न गरेर कुनैपनि सिफारिस लगायतका कागजपत्रमा आधिकारिकता प्रमाणित गर्नका लागि राजपुर गाउँपालिकाले वडा नं। ६ मा कार्यरत सचिव लुक्ष्मी चौधरीलाई लिखित रूपमा जिम्मेवारी दिईएको राजपुर गाउँपालिकाको कार्यालयले जनाएको छ ।

लामो समय सम्म सचिवको सरूवा भएपछि नयाँ सचिव नियुक्तीका लागि राजपुर गाउँपालिका प्रमुख लोकराज केसी संग धेरै पटक लिखित र मौखिक रूपमा जानकारी गराएको वडा नं।७ का अध्यक्ष भिम वहादुर खड््काको भनाई रहेको छ । उनले भने सचिव आउनेको कुनै पत्तो छैन । वडा वाट हुने काम गर्दै आईरहेको वताउँदै खड््काले जनताको जनप्रतिनिधि स्थानिय तहमा आएको र गाउँ– गाउँमा सिंहदरवार छाएको भन्नु सिक्टा गाउँ क्षेत्रका स्थानियवासीहरुले सिंहदरवारको महशुस गर्न नपाएको गुनासो गरे ।

सो वडामा पर्ने नेपाल –भारत सिमाना भैसाही नाका वाट आउने स्थानिय जनताहरू कर्मचारी, सचिव र जनप्रतिनिधी समेत नहुने भएकाले काम नहुँदा वास वसेर कहिले आउलान र काम गरिदेलान भन्ने आशमा वस्ने गरेको भैसाही नाकावाट आफ्नो वावुको मुत्यृ दर्ता वनाउन आएका लाल वहादुर वुढाले वताए ।

यस्तै सचिव नभएपछि कम्प्युटरको काम गर्ने जिम्मेवारी पाएका जनप्रतिनिधी वडा सदस्य पुस्कर वली भने कार्यालय नआउने गरेको वताईएको छ । विग्रिएको कम्प्युटरको मर्मतका लागि गाउँपालिकामा धेरै पटक जानकारी गराईए पनि सुनुवाई नभएको भन्दै वडा अध्यक्ष खड््काले गाउँपालिकाका अधिकृत हिरालाल भण्डारीले तपाईको कार्यालयमा न कर्मचारी न सचिव कोही पनि छैनन्् त्यसैले अहिले वनाएर कुनै उपलव्धी नभएको प्रतिक्रिया दिएको वताए ।

                                                                   पत्रकार नारायण वलीले सेवाग्राही संग प्रतिक्रिया लिदै 

वडा अध्यक्षले कार्यालय हेरालु जस्तै भएको र सचिव र कर्मचारी कोही नहुँदा काम प्रभावित हुन पुगेको छ । यस्तै अर्का सेवाग्राही खुम वहादुर वुढाले भने पैदल ६ घण्टा हिडेर वडा कार्यालय आउनु पर्ने भन्दै वुढाले यती हिडेर वडामा आउँदा कोही नहुँदा वास वसेर कामको पर्खाईमा कुर्नुपर्ने वाध्यता रहेको वताए ।

नाम नखुलाउने सर्तमा गाउँपालिकाका एक कर्मचारीले भने भौगोलिक विकटता भएकाले नयाँ कर्मचारी र सचिव त्यहाँ हाजिरी लगाएर सुगम तिर आउने र त्यस क्षेत्रका स्थानिय सचिव अथवा कर्मचारीले भने घरपायक पर्ने कार्यालय मिलाउने प्रवृतिले त्यस्तो हुन पुगेको वताए ।

 
 
  
 

You may also like