गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा बालकको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । दुर्घटनामा मालिका गाउँपालिका–२ दर्लिका टीकाराम विकका छोरा ६ वर्षीय शिव विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले जानकारी दिए ।

बिहीबार साँझ छल्दीबाट तम्घास आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर गुल्मी रेसुङ्गा–४ रायढुङ्गा स्थित तम्घास–सिमलटारी पक्की सडक खण्डमा दुर्घटनामा परेको हो । घाइतेहरूलाई जिल्ला अस्पताल तम्घास गुल्मीमा सामान्य उपचारपछि पाल्पा लगिएको डीएसपी पोखरेलले जानकारी दिए ।

 
 
  
 

You may also like