श्रीमानले चलाएको मोटरसाइलबाट लडेर श्रीमतीको गयो ज्यान

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ गनवरियास्थित सडकमा श्रीमानले चलाएको मोटरसाइकलमा लडेर श्रीमतीको मृत्यु भएको छ ।

लु.६२ प २७५१ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार ४० वर्षीय किसलावती ठाकुरको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

इनारमा डुबेर बालिकाको मृत्यु

यस्तै कपिलवस्तु महाराजगञ्ज नगरपालिका–१ पल्टा इनारमा डुबेर एक स्थानीय बालिकाको मृत्यु भएको छ । रामदास कुर्मीकी छोरी ७ वर्षीया अनिता कुर्मीको सार्वजनिक इनारमा डुबेर बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

इनारमा डुबेकी बालिकालाई प्रहरीले बाहिर निकालेको थियो । अचेत बनेकी उनलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको थियो । उपचारकै क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 
 
  
 

You may also like