गुल्मीको अर्जेमा पहिरो अपडेट : एकै घरका पाँच जनाको मृत्यु

गुल्मी । गुल्मीको मालिका गाउँपालिका–६ अर्जेमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ । शुक्रबार रातिको अविरल बर्षाका कारण आएको पहिरोमा परेर अर्जे ठाँटीपोखरीका यमबहादुर विक भन्ने भेषबहादुर कामीको घर पुरिएको हो ।

पहिरोमा पुरिएका घरमुली ५५ बर्षका भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी ८ वर्षीया सपना र ८ महिनाकी विपना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिए । पहिरोका कारण रातिबाट बेपत्ता भएका पाँच जनाको खोजी कार्यको लागि बिहानैदेखि नेपाल प्रहरीसहितका सुरक्षा निकाय र स्थानीय परिचालन भएका थिए ।

 
 
  
 

You may also like