विप्लवको टिप्पणी : प्रधानमन्त्री कुर्सी जोगाउनमै केन्द्रित भए

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कुर्सी जोगाउनेमा ध्यान केन्द्रित हुँदा प्रधानमन्त्रीले प्रभावकारी काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

बेपता योद्धा परिवार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विप्लवले प्रधानमन्त्रीको ध्यान सत्ता समीकरणलाई मिलाउँदै कुर्सी बचाउनमा नै केन्द्रित भएको भन्दै यसका कारण प्रभावकारी ढंगले काम गर्न नसकेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पाँच वर्षे योजना बनाएर काम गर्न दिए सरकारले राम्रोसँग काम गर्न सक्ने उनको भनाइ छ ।

विप्लवले सबैलाई मिलाउन खोज्दा बजेट पनि राम्रो ढंगले नतिजा आउन नसकेको बताए । बजेटप्रतिको असन्तुष्टि हेर्दा मिलेर बाँडेर खाने बाहेक केही नदेखिएको उनले बताए । त्यस्तै विप्लवले अमेरिकालाई खुशी पार्न एमसीसीमा सम्झौता गरेको भन्दै अब अमेरिकाले निरन्तर नेपाललाई च्याप्दै जाने र त्यसको शिकार प्रधानमन्त्री हुने बताए । उनले माओवादीहरूले अब आफूलाई नबदल्ने हो भने भयानक बिचल्लीमा पर्ने बताए ।

प्रतिक्रिया

 
 
  
 

You may also like