कञ्चनको १६औँ अधिवेशन ः समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै

रुपन्देहीको कञ्चन गाउँपालिकाले जनतामुखी निति तथा कार्यक्रमलाई अघि सारेको छ । कञ्चनको १६ औँ अधिवेशनले आगामी २०८१÷०८२का लागी आज निति तथा कार्यक्रम प्रस्तुत गर्दै समृद्धिका लागी जनमुखी कार्यक्रमलाई प्राथमिकता दिईएको हो ।

गाउँपालिकाका अध्यक्ष नवराज ढकालले आ.व २०८१÷०८२को निति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्वाचनको बेला वाचा गरेका जनताका मागलाई कार्यक्रम मार्फत मेटाउने उद्घोष गरेका छन् ।

पालिकाले आत्मसाथ गरेको नारा ©समुन्नत कञ्चन,सुखी कञ्चनवासी”लाई साकार पार्न फजुल खर्च कटौँती गरि विकासमा लगानी गर्ने अध्यक्षले बताएका छन् । सुशासनयुक्त गाउँपालिका बनाउन जनप्रतिनिधि,कर्मचारी,राजनितिक दल,नागरिक समाज,पत्रकार लगायत सवैको अपनत्व हुन जरुरी रहेको बताए ।

पालिकाले कृषि क्षेत्रको विकासमा जोड दिएको छ ।व्यवसायीक खेती गर्ने कृषकहरुलाई पालिकाले सोचेको,कृषकले रोजेको कृषक प्रोत्साहन तथा अनुदान कार्यक्रम सञ्चालन गरिने,उत्पादकत्व वृद्धि गर्न कृषि यान्त्रीकरण र बजारीकरणको नितिलाई अवलम्बन गरिने,रैथाने बालीको संरक्षण र प्रवर्धन गर्न अडहर बालीलाई प्राथमिकता दिई बाँझो जग्गालाई निरुत्साहन गरिने छ ।पशु सेवा तर्फ उत्पादन साथमा अनुदान हात हातामा भन्ने नारालाई आत्मसाथ गर्दैै पशुपन्छी पालक किसानको हानी नोक्सानी कम गर्न पशु बिमा कार्यक्रम सञ्चालनमा ल्याउने छ ।

यस्तै,श्रम तथा रोजगार तर्फ बैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने कल्याणकारी सेवाहरु कामदारको घरपरिवारका लागी सदस्यलाई प्रदान गरिने औषधी उपचार सहयोग आर्थिक सहायता तथा सेवाहरु बोर्ड संगको सहकार्य र समन्वय सञ्चालन गरिने छ ।

पर्यटन क्षेत्रको विकास र विस्तारका लागी पालिका भित्र रहेका पर्यटकीय स्थलहरुको विकासमा जोड दिई आन्तरिक तथा बाह्रय पर्यटक भित्राउन विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ ।वित्तिय तथा सहकारीलाई उत्पादन तथा आत्मनिर्भरका कार्यक्रम ल्याउन विशेष जोड दिईने छ ।स्थानीय स्तरमा उपलब्ध हुने जडिबुटी कच्चन पदार्थ,सिप,श्रम र प्रविधिको उपयोग गर्न घरेलु उधोगको स्थापना गर्न जोड दिइने छ ।

यसैगरि शिक्षा क्षेत्रको श्रवृद्धिका लागी सामुदायिक तथा संस्थागत विधालयहरुको असल अभ्यास आदानप्रदान गरि नतिजा सुधार गर्न विषयगत शिक्षक कलष्टर तयार गरिने,सामुदायिक विधालयका शैक्षिक प्रशासन सञ्चालन एवं व्यवस्थापनका लागी प्रधानाध्यापकले गाउँपालिकाको कार्यालय संग र शिक्षकले प्रधानाध्यापक संग कार्यसम्पादन सम्झौत गर्ने व्यवस्था बनाउनेछ ।खेलकुदको विकास र प्रोत्साहनमुखी कार्यक्रम अघि सारिने भएको छ ।स्वस्थ कञ्चन,समृद्ध कञ्चन बनाउनका लागी स्वास्थ्य कार्यक्रम संगै सचेतनाका अभियानलाई निरन्तरता दिईने छ ।अध्यक्ष संग स्वस्थ्य शिशु देखि जेष्ठ नागरिक सम्मको निति लिदै नवजात शिशु र आमाको पोषण,स्वास्थ्य परिक्षण शिविरहरुलाई घरदैलो सम्म पुर्योउने छ ।

पालिका भित्र रहेका एतिहासिक तथा पुरात्वितक वस्तुको संरक्षण संगै भाषा,कला संस्कृति र पर्यटन तर्फ पहिचानमुखी सामाग्री उत्पादन तथा वितरणमा सुविधा तथा सहुलियत उपलब्ध गराईने छ ।गाउँपालिकाका विपन्न परिवारहरुलाई निशुल्क धारा जडान गर्नका लागी खानेपानी उपभोक्ता समिति संग आवश्यक छलफल गरि सामाजिक उत्तरदायित्व मार्फत धारा जडान गर्न र अनुगमन र नियमनका लागी आवश्यक व्यवस्था मिलाईने,लैकिंगक समानता र सामाजिक समावेशीकरण कार्यक्रममा महिलाहरुलाई सक्रिय सहभागि बनाई सहकारी तथा समुहहरुलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने छ ।

बालमैत्री स्थानीय तह निर्माणका लागी अध्यक्ष संग बालबालिका कार्यक्रम,जेष्ठ नागरिक सम्मान कार्यक्रम,अपांग,दलित,विपन्न,अल्पसंख्यक परिवारलाई ज्ञान र सिपमुलक कार्यक्रम सञ्चालन गरिने छ ।

हिलाम्मे बाटाहरु पिच,ढलान,सिंचाई,तटबन्धर जोड्ने पुल निर्माण गरि आम जनतामा विकास अनुभुति गर्ने निति ल्याईएको छ । प्रदेश तथा केन्द्र सरकार संग आवश्यक बजेट माग गरि अपुरा र अधुरा रहेका पुर्वाधारलाई पुर्णता दिई पालिका भित्र रहेका डकर्मीहरु भवन संहिता सम्बन्धी तालिम दिइने छ ।

मानव संशाधनको विकास संगै राजश्व वृद्धिका लागी करको दायरा फराकिलो बनाई मैले तिरेको कर मेरै विकास लागी भन्ने धारणालाई बढवा दिईने छ ।पालिकाले गत वर्ष वेरुजु कम ल्याएको चर्चाले गर्दा पनि आगामी वर्षमा शुन्य बेरुजु ल्याउन पालिका प्रतिबद्ध रहेको अध्यक्ष ढकालले उल्लेख गरे ।

आम जनतामा सार्वजनिक सुचनाको पहुँच पुर्योउन रेडियो,टेलिभिजन कार्यक्रम सञ्चालन गरिने र वन तथा सार्वजनिक सम्पति संरक्षण गर्दै क्षेति पुर्योउनेलाई कानुनी दायरामा ल्याउन पहल गरिने छ ।

न्याय पाउनु हरेक नागरिकको अधिकार भन्ने मान्यतालाई आत्मसाथ गर्दै जितजितको माध्यमबाट न्याय दिलाउन पालिका कटिबद्ध भएको दर्साए ।

पालिकालाई हरवरा र स्वच्छ बनाउन फोहोरमैला व्यवस्थापन कार्यक्रमलाई अघि सारि निजि साझेदारीको अवधारणा अनुरुप ल्याण्डफिल्ड साईट निर्माण गरि फोहोरमैला व्यवस्थापन गर्ने निकाय,व्यक्ति,संस्था आवश्यक समवन्य गरि फोहोर मलाई भन्ने नारा सहित मुख्य मुख्य चोकहरुमा बाल्टी राखिने छ ।सुकुम्बासी समस्या समाधान गर्न लागी आवश्यक प्रयास भएको र करको दर घटाउन निरन्तर पहलकदमी भएको जानकारी गराईएको छ ।

अधिवेशनमा पालिका उपाध्यक्ष मौसमी थापा मगरको अध्यक्षता,प्रमुख प्रशासकीय अधिकृत सागर गौतम,पालिका प्रवक्ता चित्रलाल तुलाचन,वडाअध्यक्ष,कार्यापालिका सदस्यहरु,वडासदस्यहरु,कर्मचारी,पत्रकार,स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

 
 
  
 

You may also like