टी–२० मा छिटो विकेटको शतक पूरा गर्ने दोस्रो बलर बने सन्दीप

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालका सन्दीप लामिछानेले बंगलादेशको आठौं विकेट लिएका छन् । वेष्ट इण्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा आज (सोमबार) बिहान भएको खेलमा नेपालका पूर्व कप्तान सन्दीप लामिछानेले बंगलादेशका जाकिर अलीको विकेट लिएका हुन् ।

१५.२ ओभरमा बंगलादेशका अलिलाई आउट गराएसँगै टी २० अन्तराष्ट्रिय खेलमा लामिछानेले १०० विकेट पु¥याएका हुन् । १३.२ ओभरमा लामिछानेले तन्जिम हसन साकिब आउट गराए । उनी ५ बलमा ३ रन बनाएर बाहिरिए । १३.१ ओभरमा बंगलादेशले रिम्भु अपिल गरेपछि लामिछानेले विकेट नलिएको रेफ्रिले जानकारी गराएका थिए ।

त्यसअघि ११.४ ओभरमा हसनलाई आउट गराएर नेपाललाई रोहितकुमार पौडेलले छैटौं सफलता दिलाएका हुन् । उनी २२ बलमा १७ रन बनाएर पेभेलियन फर्किए । यस अगाडि सन्दीप लामिछानेको बलमा उनलाई गुलशान झाले महमुदुल्लाहलाई रन आउट गराएका हुन् । त्यस्तै रोहितकुमार पौडेलको बलमा सन्दीप लामिछानेले तौहिद हृदयलाई क्याच आउट गराएका थिए ।

त्यस अगाडि सोमपाल कामीको बलमा लिटन दासलाई आशिफ शेखले क्याच आउट गराए । दीपेन्द्र सिंह ऐरीले नाजमुल हसिन सान्तोलाई बोल्ट आउट गरेका थिए । सोमपालले पहिलो बलमै ओपनर तान्जिब हसनलाई पेभिलियन फर्काएका थिए ।

 
 
  
 

You may also like