ताप्लेजुङमा पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्षको परिवारका चार जनाको मृत्यु

विराटनगर । ताप्लेजुङमा पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाएको छ । घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बु रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष लिम्बुका अनुसार पहिरोमा परी मृत्यु भएका उनीहरु उपाध्यक्ष रविनका बुबा र कान्छी आमा र २ बहिनी हुन् । मध्यरात करिब २ बजेको समयमा आएको पहिरोले घर बगाएको उनले बताए ।

‘उपाध्यक्षको परिवारका चार जनाको मृत्यु भएको छ, थप खोजी जारी छ’ उनले भने, ‘ पहिरोले दुई वटा घर बगाएको छ ।’

पहिरोमा परी साम्रा परिवारकै २ जना घाइते भएका छन् ।

 
 
  
 

You may also like