लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा. ढकाल

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा।इन्द्र ढकाल नियुक्त हुने भएका छन् । शुक्रबार बसेको लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषदको बैठकले ढकाललाई नियुक्त गर्ने निर्णय गरेको हो । ढकालले यसअघि समेल प्रादेशिक अस्पतालको मेसुको रुपमा रहेर उल्लेख्य सुधारका काम गरेका थिए ।

बैठकले प्रदेश सरकार मातहतमा रहेका अन्य अस्पतालहरुको प्रमुखहरुको समेत सरुवा समेत गरेको छ । जस अन्तरगत गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बञ्जाडेलाई कपिलवस्तु अस्पतालमा सरुवा गरिएको छ । भिम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।मोहमद नुरुल होदालाई पृथ्वीचन्द्र अस्पताल परासी र डा।सकुन्तला गुप्ता लुम्बिनी प्रादेशीक अस्पतालबाट भिम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा सरुवा गरिएको स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले जानकारी दिए ।

 
 
  
 

You may also like