एन.जी मार्ट र प्राइम कर्मशिय बैक बिच छुट सम्झौता

रुपन्देहीको तिलोत्तमा संचालीत एन जी मार्ट र प्राइम कर्मशियल बैक बिच छुट दिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एन. जी मार्टका संचालक नारायण बन्जाडे र प्राइम बैकका लुम्बिनी प्रदेश प्रमुख कुश सुदन सिहंले आज एक कार्यक्रमका बिच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता सँगै प्राइम कर्मशियल बैकका ग्राहकले एन जी मार्केटमा सामान खरिद गर्दा विभिन्न छुट सुविधा पाउने भएका छन् । सामान खरिद गरिसके पछि बैकको डेविट तथा क्रेडिट कार्ड र मोवाइल बैकिङ्ग एप्सको प्रयोग मार्फत भुक्तानी गर्दा ग्राहकलाई १० प्रतिशत सम्म छुट सुविधा मिल्ने प्राइम कर्मशियल बैक बुटवल राजमार्ग चौराहाका शाखा प्रमुख सन्दिप पौडेलले जानकारी दिए । दुई पक्ष बिच भएको सम्झौतमा ग्राहक सँगै बैकका कर्मचारीले कम्पनीको परिचय पत्रको माध्यमबाट पनि छुट सुविधा लिन पाउने छन् ।

सम्झौतामा ग्रामेन्ट जन्य उत्पादनमा अधिकतमा १० प्रतिशत छुट रहेको छ भने अन्य घरायसी प्रयोजनमा प्रयोग हुने सामाग्रीहरुमा ५ प्रतिशत र अन्य सामाग्रीमा सोही अनुसारको छुट सम्झौता भएको उनले बताए ।

 
 
  
 

You may also like