कैलाश सिरोहिया धनुषा प्रहरीको हिरासतमा

जनकपुर । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा लिएको छ । नागरिकता प्रकरणमा हिजो (मंगलबार) कान्तिपुर दैनिकको कार्यालयबाटै प्रकाउ गरेर सिरोहियालाई धनुषा पुर्‍याइएको हो ।

नागरिकतासम्बन्धी उजुरीमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेर बुधबार बिहान धनुषा पुर्‍याएको हो । पक्राउपछि सिरोहियालाई गाडीमा बीपी राजमार्गबाट धुलिखेल, सिन्धुली हुँदै बुधबार बिहानै जनकपुरधाम पुर्‍याइएको हो ।

कार्यकक्षबाटै पक्राउपछि आफ्नै गाडीमा चालकसहित लगिएका सिरोहियालाई भक्तपुरको सूर्यविनायक पुर्‍याएर प्रहरीको गाडीमा चढाइएको थियो । सिरोहियामाथि नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको आरोप छ । कान्तिपुरले केहि समय अघिदेखि सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे निरन्तर समाचार प्रकाशित गर्दै आएको थियो ।

 
 
  
 

You may also like