बुद्धजयन्ती मनाउन प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा, पूर्वसन्ध्यामा चित्रकला प्रदर्शनी

लुम्बिनी । २५६८ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहमा सहभागि हुनका लागि प्रधानमन्त्री बुधबार साँझ पुष्पकमल दाहाल प्रचण्ड बुद्धजन्मस्थल लुम्बिनी आइपुगेका छन् ।
लुम्बिनी विकास कोषले बुधबार विहान ९ बजे बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०८१ समारोहको आयोजना गर्दैछ । प्रधानमन्त्री प्रचण्ड सहित उपप्रधान तथा परपराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा लुम्बिनी आइपुगेका छन् । प्रधानमन्त्री प्रचण्ड सहित मन्त्री र मुख्यमन्त्रीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरेका हुन् ।
बुद्धजयन्तीको पूर्वसन्ध्यामामा लुम्बिनीमा आयोजित सांस्कृतिक तथा चित्रकला प्रदर्शनी कार्यक्रममा सरिक भएका छन् ।
भारतीय दुतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गौतमबुद्धको शिक्षामा सदभाव र शान्तिको सन्देश रहेको बताए । उनले बुद्धको शाश्वत अहिंसा, करुणा र आन्तरिक शान्तिको सन्देश वर्तमान विश्वमा झन् सान्दर्भिक हुँदै गएको बताए ।

‘बुद्धको शिक्षाको विश्वासपूर्ण अनुसरणले व्यक्ति, समुदाय र राष्ट्रहरूबिच विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत गर्नेछ’ प्रधानमन्त्रीले भने । उनले आफू लुम्बिनी आउँदा सधैँ खुसी अनुभूत हुने गरेको बताउँदै बुद्धको शिक्षा मानवजातीकै लागि कल्याणकारी रहेको बताए । प्रधानमन्त्री सांस्कृतिक सम्पदाको प्रदर्शनका लागि गरिएका अथक प्रयासप्रति धन्यवाद व्यक्त गर्दै कलाकारहरूको सिर्जनशीलता प्ररेणादायी रहेको बताए । उनले नेपाल–भारत सम्बन्धको सन्दर्भमा सांस्कृतिक आयामले विशेष स्थान ओगटेको बताउँदै प्रधानमन्त्रीले दुई देशका जनतालाई प्राचीन कालदेखि नै सांस्कृतिक आयामले नजिक राखेको बताए ।

परस्पर समझदारी, विश्वास, सम्मान र सहयोगले नेपाल–भारत प्राचीन कालदेखि चलेको बहुआयामिक सम्बन्धलाई परिभाषित गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले भौगोलिक निकटता र विभिन्न तहमा बढ्दो क्रस–सेक्टोरल र बहुपक्षीय संलग्नताद्वारा अझ बलियो बनाइएको स्पष्ट पारे ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्धजन्मस्थल लुम्बिनी विश्व शान्तिको स्थापना गर्ने भूमि समेत रहेको रहेको बताए । उनले प्रधानमन्त्रीको उपस्थितीमा बुद्धजन्मस्थलमा मनाईने बुद्धजयन्तीले विश्वभरका बौद्ध सम्प्रदायमा सदभाव, शान्ति र सुखको सन्देश जाने बताए । उनले बुद्ध दर्शनको जन्मभूमि समेत लुम्बिनी भएकाले विश्वभरका एक करोड बढि बौद्धमार्गीहरुलाई अगुवाई गर्ने गरी बुद्धजयन्तीलाई उत्सवका रुपमा मनाउनुपर्नेमा जोड दिए । उपाध्यक्ष डा. लामाले शान्तिको मूल श्रोत नै बुद्धदर्शन भएकाले यसको अनुशरण आजको आवश्यकता बनेको बताए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले बुद्धजयन्तीको पूर्वसन्ध्यामा बुद्धजन्मस्थ लुम्बिनीमा साँस्कृतिक र चित्रकला प्रर्दशनी गरेर विश्वभर शान्ति र सदभाव बाड्न पाएकोमा खुशि व्यक्त गरे । वेविबुद्ध स्थलमा आयोजित साँस्कृतिक तथा चित्रकला कार्यक्रममा नेपाल र भारतका कलाकारहरुले विभिन्न संगितहरु प्रस्तुत गरेका थिए ।

 
 
  
 

You may also like