समाजवादीको बैठक निष्कर्षमा पुग्न सकेन, आइतवार पुन बस्ने

by समतल अनलाइन

काठमाडौं।सरकार छाड्ने वा रहने भन्ने विषयमा छलफल गर्न बसेको सत्तारुढ समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक निष्कर्षमा पुग्न सकेन ।

शनिवार साँझ पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले कुनै निर्णय गर्न सकेन ।

सत्तारुढ दल समाजवादी पार्टीलाई जानकारी नदिइ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेपछि पार्टीको औपचारिक धारणा तय गर्न भन्दै बैठक बसेको हो ।

पार्टीका सूचना तथा सञ्चार उपप्रमुख विश्वदीप पाण्डेले बैठक जारी भए पनि कुनै निर्णय हुन नसकेको र आइतबार पुनः बैठक बसेर पार्टीको धारणा सार्वजनिक गर्ने बताए ।

सरकारमा उपप्रधान एवं स्वास्थ्य मन्त्री रहेका पार्टी अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री ओलीले स्वास्थ्यबाट कानून मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

 
 
  
 

You may also like