दीप बोर्डिङमा विविध कार्यक्रमसहित नतिजा प्रकाशन

बुटवल। बुटवल – ८ सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कुलको वार्षिक परीक्षाको नतिजा प्रकाशन, पुरस्कार वितरण, सम्मान एवम् साँस्कृतिक कार्यक्रम शुक्रबार विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल अब शिक्षाको हब बनेको बताउँदै बुटवलमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म बाहेक अन्य समयमा शिक्षा लिन चाहने विद्यार्थीले पढ्न पाउने वातावरण बनेको बताईन् । उनले उपमहानगरले सबै पक्षलाई छलफलमा बोलाई विद्यालयको शुल्क निर्धारण गरेको बताउँदै दीप बोर्डिङले सामुदायिक विद्यालयले गर्नुपर्ने काम गरेर शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताईन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा महाशाखाका उपनिर्देशक टीकाराम पन्थीले बुटवल क्षेत्र मात्र नभएर राष्ट्रको शैक्षिक उन्नयनमा दीपले पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा यस विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । त्यस्तैगरी अभिभावक रमेश कुँवरले विद्यार्थीको सफलताका लागि विद्यालय र शिक्षकका साथमा अभिभावकले पनि विशेष निगरानी र चासो राख्नुपर्ने बताए । विद्यालयका प्राचार्य टीकाराम न्यौपानेको अध्यक्षता, अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, धर्म सिर्जना टोल विकास समितिका अध्यक्ष पवित्रा ज्ञवाली, उपप्राचार्य सुरेन्द्रकुमार शाक्य, विद्यालय व्यवस्थापन समिति सदस्य वसन्तकुमार जोशी, लेखा प्रमुख रेखा श्रेष्ठलगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्राचार्य कलाधर अर्यालले स्वागत मन्तव्य तथा शिक्षक पुरुषोत्तम पाण्डेय र विजय सापकोटाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

कार्यक्रममा वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल कक्षागत तथा तहगत एवम् कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई अभिभावकसहित पुरस्कार र सम्मान प्रदान गरिएको थियो । त्यसैगरी शैक्षिक सत्रभरी पूर्ण उपस्थित हुने शिक्षक तथा कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो भने विद्यालयमा दीर्घसेवा गरी सेवानिवृत भएका शिक्षक र कर्मचारीहरुलाई उपादानसहित दोसल्ला, कदरपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

त्यस्तैगरी माध्यमिक शिक्षा परीक्षा एसईई – २०७९ मा सर्वाधिक विद्यार्थी उत्तीर्ण गराउन सफल गणित विषयका शिक्षक के.बी. खाम्चा, कम्प्युटर विषय शिक्षक एकराज गुरागाई र अङ्ग्रेजी विषय शिक्षक दीपकचन्द्र भुसाल तथा विद्यालयका गतिविधिमा विशेष योगदान पु¥याउने शिक्षक तथा कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा दीप साँस्कृतिक परिवारका विद्यार्थी कलाकारहरूले मौलिक लघु नाटक, नृत्य, गीत, विद्यालय गीत, योग, बाल गीत आदि प्रस्तुत गरेका थिए ।

 
 
  
 

You may also like