लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन् । आज (शुक्रबार) प्रदेशसभामा भएको विश्वासको मत प्रस्तावमा जम्मा उपस्थित सांसद ८६ मध्ये महराको पक्षमा ४८ मत र विपक्षमा २८ मत परेको हो ।

केन्द्रमा फेरिएको सत्ता समीकरण र राजनीतिक परिवर्तनसँगै लुम्बिनी प्रदेशको पनि नेतृत्व फेरिएपछि संवैधानिक रूपले मुख्यमन्त्री महराले विश्वासको मत लिएका हुन् ।

महरालाई पाँच राजनीतिक दल र एक स्वतन्त्र सांसदको समर्थन छ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा महरा यही चैत २३ गते लुम्बिनीको मुख्यमन्त्री नियुक्त भएका थिए ।

 
 
  
 

You may also like