राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको बैठक आज (शुक्रबार) बस्दैछ । संघीय संसद भवनमा बस्ने बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ । आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ प्रतिनिधिसभाबाट भएका संशोधनमाथि छलफल गरियोस्’ र सो ‘संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

 
 
  
 

You may also like