रोट्रयाक्ट डिस्टिक३२९२ को दोस्रो पिएस मिट तथा पेट्स सेट्स झापाको दमकमा सम्पन्न

रोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटानद्वारा आयोजित दोस्रो पिएस मिट झापाको दमकमा चैत्र २४ गते सनिवार सम्पन भएको छ । रोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटान अर्न्तर्गत रहेका रोट्रयाक्ट क्लबहरु मध्ये ११० क्लबहरु बाट ६०० भन्दा रोट्रयाक्टरहरुको उक्त कार्यक्रममा सहभागीता रहेको थियो ।

आगामी रोट्रयाक्ट बर्ष २०२४/२५ का अध्यक्ष एवं सचीवहरुलाइ केन्द्रित गरि राखिएको कार्यक्रममा बर्ष २०२४/२५ का लागि निर्वाचित अध्यक्ष र सचीवहरुलाइ छुट्टाछुट्टै समुहमा तालिम प्रदान गरिएको थियो । अध्यक्षहरुको तालिम सहजिकरण एवं प्रशिक्षण बर्ष २३/२४ का एडिआरआर भुपेन्द्र निरौला , असिस्टेन्ट डिस्टिक सेक्रेटरि अनुप पाण्डे , डिस्टिक सेक्रेटरि सुशान्त धिताल बर्ष २३/२४ का डिआरआर रोशन कार्की , बर्ष २४/२५ का डिआरआर बिक्रम क्षेत्रिले गर्नुभएको थियो सचीवहरुको तालिम सहजिकरण एवं प्रशिक्षण बर्ष २३/२४ का डिस्टिक सेक्रेटरि सुशान्त धिताल, २४/२५ का एडिआरआर चन्द्र भक्त अधिकारि र बर्ष २४/२५ का लागि डिस्टिक सेक्रेटरि सुबिन खड्काले गर्नु भएको थियो । कार्यक्रमको उद्घघाटन समारोह रोट्रयाक्ट क्लब अफ दमकका अध्यक्ष सवन अधिकारीको अध्यक्षता , दमक नगरपालिका प्रमुख राम कुमार थापाको प्रमुख आतिथ्यता , रोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटान बर्ष २३/२४ का डिआरआर रोशन कार्की , बर्ष २४/२५ का डिआरआर बिक्रम क्षेत्रिको बिशिस्ट आतिथ्यता, रोटरि क्लब अफ दमकका अध्यक्ष पदम बराल , इन्टयाक डिस्टिक प्रतीनिधि बिप्लव थापाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख राम थापाले दमकमा दोस्रो पिएस मिट कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै रोट्रयाक्टको माध्यमबाट आज हजारौं युवाहरु आफ्नो ब्यक्तित्व र नेतृत्व बिकास सगै सामाजिक कार्यमा लाग्नु निकै सुखद पक्ष रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै बर्ष २४/२५ का डिआरआर बिक्रम क्षेत्रिले आगामी बर्षलाइ उत्कृष्ट बनाउनका लागि यो कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो भने २३/२४ का डिआरआर रोशन कार्किले यस बर्षका बाकी कार्यक्रमहरुलाइ सप्पन्न गर्दै जाने र आगामी बर्षमा अझै महत्त्वपूर्ण रोट्रयाक्ट गतिविधिहरु संचालन गर्नुपर्ने र रोट्रयाक्टमा अझै युवा सहभागी बढाउन सकिनेमा जोड दिनुभएको थियो । रोट्रयाक्ट डिस्टिक३२९२ को आयोजना ,रोट्रयाक्ट क्लब अफ दमकको आतिथ्यता सगै अन्य ०९ वटा रोट्रयाक्ट क्लबहरुको सहकार्यमा उक्त कार्यक्रम भब्यताका साथ सम्पन्न भएको बर्ष २४/२५ का रोट्रयाक्ट डिस्टिक मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like